+
+
Shares

हुम्लाको अदानचुलीमा हेलिप्याड निर्माण

हुम्लाको अदानचुली गाउँपालिका- ५ काे बारीगाउँमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेकाे छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १४:४१

२ असार, हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका- ५ काे बारीगाउँमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेकाे छ।

अदानचुली गाउँपालिका- ४,५ र ६ नम्बर वडालाई मध्यनजर गरी विपद प्रतिकार्य तथा सुत्केरी उद्धारका लागि लक्षित गरी हेलिप्याड निर्माण गरिएको हाे ।

१० लाख रुपैयाँकाे लागतमा हेलिप्याड निर्माण भएकाे शत्रुभञ्जन गुल्मका गुल्मपति हरिबावु श्रेष्ठले जानकारी दिए।

३ वटा वडाका ३ हजार २ सय स्थानीय लाभान्वित हुने शत्रुभञ्जन गुल्मका गुल्मपति श्रेष्ठले बताए।

हेलिप्याड निर्माण गरी अदानचुली गाउँपालिकाका अध्यक्ष माेहनबिकम सिहंललाई हस्तान्तरण गरिएकाे उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?