+
+
Shares

विपद पूर्वतयारी : मोबाइलबाट पहिरो निगरानी 

धेरैबेर सडकमा रोकिन नपर्ने कोसिस गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपदमा मन्त्रीको निरीक्षणभन्दा जनताको सुरक्षामा विशेष ध्यान दिइएको बताएका छन् ।
  • विपद् व्यवस्थापनका लागि हेलिकप्टर खटाउने र मोबाइल एपमार्फत् पहिरोग्रस्त क्षेत्र पहिचान गरी बाटो खुलाउने काम गरिने उनले जानकारी दिए ।
  • सडकमा नागरिकले धेरै समय रोकिनु नपर्ने गरी विपद्का बेला उद्धार तथा राहत कार्य प्रभावकारी बनाइने प्रतिबद्धता गृहमन्त्रीले जनाएका छन् ।

४ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपदमा ‘मन्त्रीको निरीक्षण भन्दा जनताको सुरक्षा’का लागि ध्यान दिइएको बताएका छन् । त्यसका लागि हेलिकप्टर खटाउनेदेखि मोबाइल एपमार्फत् पहिरोग्रस्त क्षेत्र पहिचान गर्ने लगायतका काम हुने उनले जानकारी दिए ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले सो जानकारी दिएका हुन् ।

उनले भने, ‘हाम्रो लाइन मिनिस्ट्रीले एउटा एप बनाउनु भएको छ । डोजरहरु कहाँकहाँ छ भन्ने हामीलाई ठ्याक्क थाहा हुन्छ । यदि त्यो एरियामा रेस्पोन्स गर्नुपर्यो भने तुरुन्तै बाटो खुलाउने हिसाबले हामीले एउटा एप डेभलप गरेका छौं ।’

विगतमा आफू पनि विपदका बेला उद्धार तथा राहतमा खटिएको जानकारी दिँदै उनले विगतको सरकारबाट भएका कमीकमजोरी यसपटक नहुने जिकिर गरे ।

कुनै पनि नागरिकलाई विगतमा जस्तो धेरै समय सडकमा रोकिन नपर्ने गरी सकेसम्म राम्रो गर्न कोसिस गरिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?