News Summary
Generated by OK AI. Editorially reviewed.- जितु नेपालको निर्माण तथा अभिनय रहेको चलचित्र “आईएम जितबहादुर” को नयाँ बानेश्वरस्थित आइएनआई हलमा प्रिमियर गरिएको छ ।
- सुभेन्दु घोषद्वारा निर्देशित यो चलचित्र आगामी शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने तयारीमा रहेको छ ।
- चलचित्रले गाउँको सानो नाट्य मञ्चबाट अभिनय यात्रा शुरू गर्ने एक सरल विवाहित युवकको संघर्ष र सपनाको कथा प्रस्तुत गर्छ ।
काठमाडौं । जितु नेपालको निर्माण तथा अभिनय रहेको फिल्म ‘आईएम जितबहादुर’ लाई प्रिमियर गरिएको छ । यो फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।
नयाँ बानेश्वरको एनबी सेन्टरस्थित आइएनआईको हलमा प्रिमियर आयोजना गरिएको थियो । प्रिमियरमा फिल्म र संगीत क्षेत्रका चर्चित व्यक्ति सहभागी थिए ।
कार्यक्रममा कलाकारहरू मदनकृष्ण श्रेष्ठ, तुलसी घिमिरे, केकी अधिकारी,स्वस्तिमा खड्का, प्रदीप भट्टराई, दीपाश्री निरौला, राजाराम पौडेल, मनोज गजुरेल, नारद खतिवडा, नरेश पौड्याल, महेश त्रिपाठी, नवीन श्रेष्ठ, कपिल रिजाल, सीतादेवी तिमल्सिना, सुमन गिरी, हेमन्त शर्मा, शिव परियार, रामप्रसाद खनाल, संजोग कोइराला, आयुष्मान जोशी, प्रभात लामा, भारती घिमिरे लगायत सहभागी थिए ।
प्रिमियरपछि फिल्मकर्मीले कथा, प्रस्तुति र जितुको अभिनय पक्षको प्रशंसा गरेका थिए । फिल्ममा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडा र मिसेल घिमिरे लगायतका कलाकारको अभिनय छ ।

फिल्मले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ । गाउँको सानो नाट्य मञ्चबाट अभिनय यात्रा सुरु गर्ने उसको सपना, त्यसलाई साकार पार्न उसले भोग्नुपरेका संघर्ष, चुनौती र जीवनका उतारचढावलाई चलचित्रले मार्मिक ढंगले चित्रण गरेको छ ।
सुभेन्दु घोषले फिल्म निर्देशन गरेका हुन् ।

प्रतिक्रिया 4