+
+
Shares

आफ्नो विवादित बोलीबारे पूर्वाधारमन्त्रीको स्पष्टीकरण : व्यवसायीलाई हतोत्साही गर्न खोजेको होइन

केही दिनअघि नागढुंगा-मुग्लिन सडक स्तराेन्नति अनुगमनमा गएका बेला मन्त्री लम्सालले ‘काम नगर्ने ठेकेदारकाे खुट्टा भाँचिदिए हुन्छ’ भनेकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधारमन्त्री सुनिल लम्सालले ठेकेदारबारे आफ्नो विवादित बोलीप्रति संसद्‌मा स्पष्टीकरण दिँदै निर्माण व्यवसायीलाई हतोत्साही बनाउने आफ्नो मनसाय नरहेको दाबी गरेका छन् ।
  • केही दिनअघि सडक अनुगमनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिने भनी दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
  • मन्त्री लम्सालले सार्वजनिक खरिद ऐनमा सुधार गरेर निर्माण क्षेत्रका समस्या समाधान गर्न लागिएको समेत जानकारी दिएका छन् ।

४ असार, काठमाडौं । आफ्नो विवादित बोलीबारे पूर्वाधारमन्त्री सुनिल लम्सालले संसद्‌मा स्पष्टीकरण सार्वजनिक गरेका छन् ।

बजेटबारे प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले आफ्नो मनसाय निर्माण व्यवसायीलाई हतोत्साही बनाउने नरहेको दाबी गरे ।

केही दिनअघि नागढुंगा-मुग्लिन सडक स्तराेन्नति अनुगमनमा गएका बेला मन्त्री लम्सालले ‘काम नगर्ने ठेकेदारकाे खुट्टा भाँचिदिए हुन्छ’ भनेकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे ।

भिडियाे भाइरल भएपछि मन्त्री लम्सालकाे व्यापक आलाेचना भएकाे थियाे ।

एउटा ठेक्का तोड्दा निर्माण व्यवसायीलाई ठूलो क्षति पुग्ने भन्दै उनले यसबारे सरकार जानकार रहेको बताए । १ प्रतिशतमात्र पनि सम्भावना भएसम्म सुधार गरेरै जाने भन्ने आफूहरूको उद्देश्य रहेको भन्दै सोही अनुसार आह्वान गरिएको उनले बताए ।

निर्माण क्षेत्रमा रहेका समस्या समाधान गर्न सार्वजनिक खरिद ऐनमा सुधार गर्न लागिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?