+
+
Shares

अमेरिका–इरानबीचको ‘इस्लामावाद एमओयू’ मा सरिफले पनि गरे हस्ताक्षर

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच सम्झौतापत्रमा मध्यस्थकर्ताका रूपमा हस्ताक्षर गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीचको ऐतिहासिक \'इस्लामावाद एमओयू\' सम्झौतापत्रमा मध्यस्थकर्ताका रूपमा हस्ताक्षर गरेका छन् ।
  • यस सम्झौता अनुसार इरानले तत्काल होर्मुज स्ट्रेट खोल्ने र अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी हटाउने सहमति भएको छ ।
  • प्रधानमन्त्री सरिफले यो ऐतिहासिक सम्झौता गराउन कतार, साउदी अरब, टर्की र इजिप्टले महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन् ।

४ असार, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच सम्झौतापत्रमा मध्यस्थकर्ताका रूपमा हस्ताक्षर गरेका छन् । सरिफले ‘इस्लामावाद एमओयू’मा हस्ताक्षर गरेका हुन् । पाकिस्तानको प्रधानन्त्री कार्यालयका तर्फबाट बिहीबार जारी भिडिओमा सरिफ सम्झौतापत्रमा हस्ताक्षर गरिरहेका देखिन्छन् ।

यसअघि त्यो सम्झौताका दुई पक्ष अर्थात् अमेरिका र इरानले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सरिफले त्यसअघि सम्झौता तत्काल लागु हुने बताएका थिए ।

सरिफले एक्समा अगाडि लेखेका छन्, ‘मलाई यो कुुरा बताउँदा गर्व महशुस भइरहेको छ । अमेरिका र इरानबीच ऐतिहासिक इस्लामावाद एमओयू इलेक्ट्रोनिक रूपमा हस्ताक्षर भएको छ । यस सम्झौतामा दुवै देशका राष्ट्रपतिले हस्तक्षर गरेका छन् र मैले मध्यस्थताको हैसियतमा यसलाई मञ्जुरी दिएको छु ।’

दुवै सरकारले उच्च स्तरबाट सम्झौतापत्रमा हस्ताक्षर गर्नुले दुवै पक्ष संघर्षको समाधान वार्ताबाट निकाल्न गम्भीर रहेको देखिएको प्रधानमन्त्री सरिफले भनेका छन् ।

‘इस्लामावाद एमओयू तत्काल लागु हुनेछ । पहिलो कदम स्वरूप इरान तत्काल होर्मुज स्ट्रेल खोल्ने र अमेरिका तत्कालै नौसेनाको नाकाबन्दी हटाउनेछ,’ सरिफले एक्समा लेखेका छन् ।

प्रधानमन्त्री सरिफले अमेरिका र इरानका शीर्ष नेताप्रति आभार व्यक्त पनि गरेका छन् । यस्तै, यो काममा कतारको भूमिकाको पनि जानकारी दिएका छन् ।

सरिफले साउदी अरब, टर्की, इजिप्टका नेताले पनि सम्झौता गराउनमा योगदान रहेको भन्दै सराहना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?