+
+
Shares

पाथीभरा केबलकार विवाद समाधान खोज्न कार्यदल गठन

प्रधानमन्त्री बालेन शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरेको छ ।
  • विज्ञ विश्व राईको संयोजकत्वमा गठित कार्यदलमा सरकारी अधिकारी, आन्दोलनरत पक्ष र केबलकार कम्पनीका प्रतिनिधि सदस्य छन् ।
  • कार्यदललाई पाथीभरा क्षेत्रको केबलकार विवाद पहिचान गरी समाधानका लागि १५ दिनभित्र सुझाव पेस गर्ने समयसीमा तोकिएको छ ।

५ असार, काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केबलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयानुसार प्रधानमन्त्री बालेन शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदललाई पाथीभरा मन्दिर जाने केबलकार निर्माण सम्बन्धमा लामो समयदेखि देखिएका विवाद तथा समस्या पहिचान गरी सोको समाधानका लागि १५ दिनभित्र सुझाव पेस गर्न समयसीमा तोकिएको छ ।

सबै सरोकारवाला पक्षलाई समेटेर बनाइएको उक्त सात सदस्यीय कार्यदलमा संयोजक राईसहित पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर, केवलकार निर्माणप्रति असहमति जनाउने पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिको प्रतिनिधि सदस्य छन् ।

साथै केबलकार निर्माण गर्ने कम्पनीका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव र प्रधानमन्त्री शाहको सचिवालयका स्वकीय सहसचिव पनि कार्यदलमा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?