+
+
Shares

‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’

कार्यक्रममा सहभागी महिलाले द्वन्द्वका समयमा यौन हिंसामा परेका महिलाले कानुनी न्याय पाउन नसकेको भन्दै सरकारले उनीहरूको न्यायका लागि प्रभावकारी कदम चाल्नुपर्ने विषयमा ध्यानाकर्षण गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १५:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले द्वन्द्वका समयमा यौन हिंसामा परेका महिलाको न्यायका लागि राज्य गम्भीर बन्नुपर्ने बताइन् ।
  • अधिवक्ता खिमलाल देवकोटा र पूर्वसचिव उदय सापकोटाले द्वन्द्वकालमा यौन हिंसामा परेका महिलाको न्यायका लागि केही काम बाँकी रहेको बताए ।
  • अपराजित फाउन्डेसनले काठमाडौँमा द्वन्द्वका समयमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा संवाद कार्यक्रम आयोजना गरेको छ ।

५ असार, काठमाडौँ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले द्वन्द्वका समयमा यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गर्न राज्य संयन्त्रबाट आवश्यक पहल भइरहेको बताएकी छन् ।

‘स्वन्याय, सामाजिक न्याय र कानुनी न्यायका लागि हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजित ‘लोकतान्त्रिक राज्यमा सर्भाइभरको पहिचान’ विषयक संवादमा उनले द्वन्द्वका समयमा यौन हिंसामा परेका महिलाको न्यायका लागि राज्य गम्भीर बन्नुपर्नेमा जोड दिइन् ।

अधिवक्ता खिमलाल देवकोटा र पूर्वसचिव उदय सापकोटाले द्वन्द्वका क्रममा यौन हिंसामा परेका महिलाको न्यायका लागि विगतमा विभिन्न प्रयास भए पनि केही महत्त्वपूर्ण काम भने अझै बाँकी रहेको बताए ।

अपराजित फाउन्डेसनकी सल्लाहकार देवी खड्काले द्वन्द्वका क्रममा यौन हिंसामा परेका धेरै महिलाले अझैसम्म उचित न्याय पाउन नसकेको बताइन । उनले भनिन्, ‘द्वन्द्वका समयमा धेरै महिला यौन हिंसाको सिकार भएका छन् । उनीहरूको न्यायका लागि विभिन्न निकायमा आवाज उठाउँदै आएका छौँ, तर अझै त्यसको सम्बोधन हुनसकेको छैन ।’

द्वन्द्वका समयमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवसको अवसर पारेर अपराजित फाउन्डेसन ललितपुरले आज काठमाडौँमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी महिलाले द्वन्द्वका समयमा यौन हिंसामा परेका महिलाले कानुनी न्याय पाउन नसकेको भन्दै सरकारले उनीहरूको न्यायका लागि प्रभावकारी कदम चाल्नुपर्ने विषयमा ध्यानाकर्षण गराए । कार्यक्रममा देशका विभिन्न स्थानबाट द्वन्द्वका समयमा यौन हिंसामा परेका महिला तथा सरोकारवालाको सहभागिता थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?