+
फिफा विश्वकप २०२६ :

ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा, हाइटी बाहिरियो

२०८३ असार  ६ गते ८:२९ २०८३ असार ६ गते ८:२९

जितसँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएकाे छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार बिहान भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
  • ब्राजिलको सहज जितमा म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे ।
  • यो जितसँगै ब्राजिल २ खेलबाट ४ अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ ।

६ असार, काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ मा हाइटीविरुद्ध सहज जित निकालेको छ ।

फिलाडेल्फिया स्टेडियममा शनिबार बिहान भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० को सहज जित निकाल्यो ।

ब्राजिलको जितमा दुई गोल म्याथियस कुन्हा र एक गोल भिनिसियस जुनियरले गरे । खेलको २३औं मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई पहिलो अग्रता दिलाए ।

त्यसपछि ३६औं मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल गर्दै अग्रताको दुरी बढाए ।

दोस्रो हाफमा भने दुवैतर्फबाट गोल हुन सकेन । खेलभरि नै बल ब्राजिलको नियन्त्रणमा रह्यो । हाइटीले पाएका केही अवसर सदुुुपयोग गर्न सकेन । ब्राजिलले गरेको अन्य दुई गोलले अफसाइडका कारण मान्यता पाएन ।

जितसँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएकाे छ । ब्राजिलको २ खेलबाट ४ अंक हुँदा समान ४ अंक भएको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।

दुई खेलमा ३ अंक जोडेको स्कटल्यान्ड तेस्रो र जितविहीन हाइटी चौथो स्थानमा छ । लगातार दोस्रो हार बेहोरेसँगै हाइटीको नकआउट चरणमा पुग्ने सम्भावना सकिएको छ ।

अब ब्राजिलले स्कटल्यान्ड र माेरक्काेले हाइटीसँग खेल्न बाँकी छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय