News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आजदेखि सुरु भएको छ ।
- महाधिवेशनमा देशभरका प्रतिनिधिहरूका साथै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूको समेत सहभागिता रहेको छ ।
- अत्यधिक गर्मीका कारण केही सहभागी अस्वस्थ भए पनि महाधिवेशन स्थलमा वर्षा सुरु भएपछि गर्मीबाट केही राहत मिलेको छ ।
७ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आजदेखि सुरु भएको छ ।
महाधिवेशनसमा सहभागी हुन देशभरिबाट महाधिवेशन प्रतिनिधिहरू महाधिवेशन स्थल पुगिसकेका छन् । महाधिवेशनको उद्घाटन स्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूको भिड लागेको छ । महाधिवेशनमा सहभागी हुनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायत मुख्य राजनीतिक दलका नेताहरू पनि सहभागी छन् ।
अत्यधिक गर्मीका बीच महाधिवेशनको उद्घाटन स्थलमा नेता, कार्यकर्ता एवं शुभचिन्तकहरूको भिड छ । अत्यधिक गर्मीका कारण केही मानिस अस्वस्थ समेत बनेका छन् । अस्वस्थ भएकाहरूलाई एम्बुलेन्समार्फत उद्धार गरिएको छ ।
महाधिवेशन स्थलमा स्वास्थ्य सहायता कक्ष समेत सञ्चालन गरिएको छ । कतिपयलाई स्वास्थ्य सहायता कक्षमा समेत राखिएको छ ।
अत्यधिक गर्मीका बीच महाधिवेशन चलिरहँदा अहिले भने महाधिवेशन स्थलमा वर्षा सुरु भएको छ । वर्षाका कारण महाधिवेशन स्थलमा केही असहजता भएता पनि गर्मीबाट भने केही राहत पुगेको छ ।


प्रतिक्रिया 4