+
+
Shares

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प

हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १५:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर ७ असारको दिउँसो २:३२ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको छ ।
  • राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको छ ।
  • यसअघि गत २९ जेठमा सङ्खुवासभाको च्याम्ताङ केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

७ असार, काठमाडौँ । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ । यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको केन्द्रले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?