News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
- डिनिप्रोपेट्रोभ्स्कका क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेक्सान्दर गान्झाले निकोपोल जिल्लामा भएको आक्रमणमा ७० वर्षीया महिलाको मृत्यु भएको बताएका छन् ।
- रुसको रक्षा मन्त्रालयले रातभरमा २३९ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।
किभ, ७ असार (रासस\एएफपी) । पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
अधिकारीका अनुसार मस्को र कीभबीच पछिल्ला हप्ताहरूमा एक अर्कामाथिको आक्रमण तीव्र बनेका छन्, जबकि सन् २०२२ फेब्रुअरीमा सुरु भएको युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको वार्ता प्रभावकारी रूपमा स्थिर रहेको छ ।
डिनिप्रोपेट्रोभ्स्क क्षेत्रका क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेक्सान्दर गान्झाले टेलिग्राममा तीन जिल्लामा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र नौ जना घाइते भएको बताएका छन् ।
उनका अनुसार निप्रोपेट्रोभ्स्कको निकोपोल जिल्लामा ७० वर्षीया महिलाको मृत्यु भएको हो ।
पोल्टाभा क्षेत्रका क्षेत्रीय सैन्य प्रशासन प्रमुख भिटाली ड्याकिभ्निचले शनिबार साँझ भएको रुसी आक्रमणमा दुई जनाको मृत्यु र १३ जना घाइते भएका छन्, जसमा छ जना बालबालिका समेत रहेको बताए । रुसको रक्षा मन्त्रालयले रातभर २३९ युक्रेनी ड्रोन खसालेको जनाएको छ ।
प्रतिक्रिया 4