+
+
Shares

बालेनको प्रसंशा गर्दै सीकेले भने- प्रधानमन्त्री अलग लेबलका बन्दा है

शुभकामना मन्तव्य राख्दै उनले भने- ‘डाइनामिक, इन्टिलेजेन्ट, स्टाइलिस, माइन्डसेट भएका ए अलग लेबलका बन्दा है ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा शुभकामना व्यक्त गर्नुभएको छ ।
  • उहाँले बालेन शाहलाई फरक प्रकारको नेता र रास्वपा सभापति रवि लामिछानेलाई त्यागी नेताको संज्ञा दिनुभयो ।
  • उहाँले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो, 'संघीयतालाई बल दिने कुरा पूरा गर्नुहोस् ।'

७ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन शाहको प्रसंशा गरेका छन् ।

रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनले भने- ‘डाइनामिक, इन्टिलेजेन्ट, स्टाइलिस, माइन्डसेट भएका ए अलग लेबलका बन्दा है ।’

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनता र हावामा समानता रहेको बताएका छन् ।

उनले रास्वपालाई शुभकामना दिँदै भने, ‘हावा कसैको पनि हुँदैन । बेलुनमा भरेको हावामा सियोले प्वाल पार्दा त्यो बाहिर निस्कन्छ ।’

उनले प्रधानमन्त्री बालेनलाई फरक प्रकारको नेता बताए भने अध्यक्ष लामिछानेलाई त्यागी नेताको संज्ञा दिए ।

उनले भने, ‘संघीयतालाई बल दिने कुरा पूरा गर्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?