+
+
Shares

निजगढ विमानस्थल : भाषणमा पर्‍यो, बजेट परेन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १४:००

९ असार, काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयलाई बजेट भाषणमा उल्लेख गरेको थियो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेट भाषणमा निजगढ विमानस्थल निर्माणको मोडालिटी ६ महिना भित्र टुङ्गो लगाउने घोषणा गरियो । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक विकास कार्यक्रममा भने निजगढ विमानस्थलका लागि बजेट परेको छैन ।

मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणमा सेयर तथा ऋण लगानीमार्फत भरतपुर, दाङ र सुर्खेत विमानस्थलका लागि बजेट छुट्याएको छ । उता, पर्यटन पूर्वाधार विकास आयोजनातर्फ त्रिभुवन विमानस्थल, सगरमाथा विमानस्थल निर्माण, दार्चुला विमानस्थल र जुम्ला विमानस्थलका लागि बजेट राखिएको छ ।

कार्यक्रम अनुसार त्रिभुवन विमानस्थलमा ई–गेट प्रणाली जडान गर्न ५ करोड बजेट विनियोजन गरिएको छ । उदयपुरमा सगरमाथा विमानस्थल निर्माणका लागि १ करोड बजेट विनियोजन गरिएको छ । दार्चुलाको गोकुलेश्वर विमानस्थल सुदृढिकरणमा १ करोड र जुम्ला विमानस्थलको जग्गा अधिग्रहणका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

भरतपुर विमानस्थलको विस्तार, ईआईए सहित पूर्वाधार निर्माणमा ७५ करोड रकम विनियोजन भएको छ । भरतपुर विमानस्थल विस्तार गर्ने प्रयोजनमा जग्गा शोधभर्नामा नेपाली सेनालाई उपलब्ध गराउन २५ करोड विनियोजन गरिएको वार्षिक विकास कार्यक्रममा उल्लेख छ ।

तुल्सीपुर विमानस्थलको धावनमार्गलाई १५ सय मिटरमा विस्तार गर्न जग्गा व्यवस्थापनलगायत अन्य पूर्वाधारका लागि २५ करोड विनियोजन गरिएको छ । सुर्खेत विमानस्थलको धावनमार्ग थप ३ सय मिटर विस्तार गर्न २० करोड रकम विनियोजन गरिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?