१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन् ।
महाधिवेशन प्रतिनिधिहरूले मतदान मार्फत् ९९ केन्द्रीय सदस्य चयन गरिसकेका छन् ।
निर्वाचित ९९ केन्द्रीय सदस्य मध्ये सबैभन्दा बढी खस आर्य समुदायका छन् । निर्वाचित केन्द्रीय सदस्य मध्ये ५९.४ प्रतिशत खस आर्य समुदायका छन् ।
त्यस्तै, आदिवासी जनजातिबाट १४.८५, मधेशीबाट ११.८८, दलितबाट ६.९३, थारूबाट २.९७ र मुस्लिमबाट १.९८ प्रतिशत निर्वाचित भएका छन् ।
समानुपातिक समावेशी प्रतिनिधित्वका लागि सार्वजनिक निकायहरूमा खस आर्य ३१.२ प्रतिशत, आदिवासी जनजातिबाट २८.७, मधेशीबाट १५.३, दलितबाट १३.८, थारूबाट ६.६ र मुस्लिमबाट ४.४ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने विभिन्न कानुनहरूमा उल्लेख छ ।
यो प्रतिशतलाई आधार मान्दा खस आर्य बाहेक कुनै पनि समुदायको समानुपातिक प्रतिनिधित्व भएको देखिदैन । दलित, थारु र मुस्लिम समुदायको प्रतिधित्व आधा पनि पुगेको छैन ।
रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुने प्रावधान छ । जसमा राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९, प्रत्यक्ष निर्वाचित सभापति १, सभापतिद्वारा मनोनित ५१ र सातै प्रदेशका प्रदेश सभापतिहरू पदेन सदस्य रहने प्रावधान छ ।
रास्वपाको विधानमा ९९ मध्ये ३२ केन्द्रीय सदस्य समन्यायीक समावेशी सिद्धान्तको आधारमा चयन हुने प्रावधान छ । ३२ मध्ये खसआर्यका लागि १०, आदिवासी जनजातिका लागि ९, मधेशी र दलितका लागि ५/५, थारु २ र मुस्लिमका लागि १ सिट आरक्षित छ ।
यसरी ३२ जना निर्वाचित गर्दा कम्तिमा एक जना पिछडिएको क्षेत्र र एक जना अपाङ्गता भएका उम्मेदवार छनोट गर्नेपर्ने विधानमा उल्लेख छ । १५८ केन्द्रीय सदस्य मध्ये ५३ महिला हुनै पर्ने प्रावधान छ ।
त्यस्तै हरेक प्रदेशबाट पाँच जनाको दरले निर्वाचित हुने ३५ केन्द्रीय सदस्य मध्ये १४ जना महिला हुनै पर्ने व्यवस्था छ । राष्ट्रिय खुल्ला र समन्यायीक समावेशी क्लस्टर निर्वाचित हुने ६४ मध्ये १९ जना महिला अनिवार्य गरिएको छ ।
९९ केन्द्रीय सदस्यमा समुदायगत प्रतिनिधित्व
खस आर्य
१ डा. स्वर्णिम वाग्ले
२ सोविता गौतम
३ शिशिर खनाल
४ सागर ढकाल
५ डा. तोसिमा कार्की
६ रञ्जु दर्शना (न्यौपाने)
७ हरि ढकाल
८ कविन्द्र बुर्लाकोटी
९ विपिनकुमार आचार्य
१० रमेश प्रसाई
११ निशा डाँगी
१२ गणेश पराजुली
१३ पुकार बम
१४ जगदीश खरेल (ल.पु.)
१५ सुलभ खरेल
१६ यज्ञमणि न्यौपाने
१७ सस्मित पोखरेल
१८ राजुनाथ पाण्डे
१९ राजीव खत्री
२० समिक्षा बास्कोटा
२१ गणेश कार्की
२२ हिमेश पन्त
२३ जगदीश खरेल (दोलखा)
२४ लीमा अधिकारी आचार्य
२५ खसुशान्त वैदिक
२६ सुदीप ढकाल
२७ हेमराज भट्ट
२८ प्रदीप विष्ट
२९ डिल्लिश्वोर कार्की
३० प्रकृति ढकाल
३१ टिका संग्रौला (ज्वाला)
३२ क्रान्तिशिखा धिताल
३३ जमुना शर्मा
३४ सुशीला कार्की पोखरेल
३५ विश्वराज पोखरेल
३६ शोभा कार्की
३७ कल्पना थापा बस्नेत
३८ सुष्मा बस्नेत
३९ प्रभा ढकाल
४० विदुषी राणा
४१ आकांक्षा पोखरेल
४२ पार्वती थापा
४३ पवित्रा थापा
४४ मनिष खनाल
४५ सागर भुसाल
४६ सोम शर्मा
४७ कल्पना पाण्डे
४८ संगिता ढकाल
४९ ज्ञानु पौड्याल
५० देवराज पाठक
५१ सर्मिला खनाल
५२ विनिता कठायत
५३ मेनुका शाही
५४ प्रकाश न्यौपाने
५५ हेमराज थापा
५६ केपी खनाल
५७ दीपकराज बोहरा
५८ जानीका जोशी
५९ चन्द्र ऐर चाँदनी
६० प्रमोद न्यौपाने
आदिवासी जनजाति
१ विराजभक्त श्रेष्ठ
२ इन्दिरा राना मगर
३ मिलन लिम्बु
४ शंकर श्रेष्ठ
५ मिङ्गा डण्डु शेर्पा
६ महेश लामा
७ कृष्णमान श्रेष्ठ
८ आशिका तामाङ्ग
९ अनुष्का श्रेष्ठ
१० निशा श्रेष्ठ
११ कुशुम महर्जन
१२ सुजाता तामाङ
१३ अनिता श्रेष्ठ
१४ विष्णुकुमारी गुरुङ
१५ टासी ल्हाङ्गजोम
मधेशी
१ मनिष झा
२ असिम साह
३ निशा मेहता
४ बब्लु गुप्ता
५ अरविन्द साह
६ दिपककुमार साह
७ जुली यादव
८ कामनी कुमारी चौधरी
९ सुनिताकुमारी यादव
१० नमिता यादव
११ मञ्जु सिंह
१२ अंकितकुमार यादव
दलित
१ रिमा विश्वकर्मा
२ खगेन्द्र सुनार
३ विजय जैरु
४ शिव नेपाली
५ सविना बिक
६ खिमा बिक
७ सिता वादी
थारू
१ गीता चौधरी
२ करिष्मा कठरिया
३ अशोकुमार चौधरी
मुस्लिम
१ समिना मियाँ
२ रहवर अन्सारी
प्रतिक्रिया 4