News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक बलिराम चौहानको आगामी फिल्म ‘ल्याङ ल्याङ’ को मुख्य भूमिकामा अभिनेता रिहान गिरी अनुबन्धित भएका छन् ।
- ‘द भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएका भुटानी अभिनेता तथा रकगायक गिरीले ‘होस्टेल ३’ मार्फत अभिनय यात्रा शुरू गरेका थिए ।
- स्काइफल पिक्चर्सले निर्माण गर्न लागेको यो फिल्म युवा पुस्ताको कथामा आधारित रहने निर्देशक चौहानले बताएका छन् ।
काठमाडौं । बलिराम चौहानले निर्देशन गर्ने आगामी फिल्म ‘ल्याङ ल्याङ’ को शीर्ष भूमिकामा रिहान गिरी अनुबन्धित भएका छन् । दही चिउरा खाने दिनको अवसरमा निर्माताले उनलाई अनुबन्धित गरिएको जनाएका हुन् ।
चर्चित सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ प्लाटफर्मबाट रिहान चर्चामा आएका हुन् । यी भुटानी अभिनेता रकगायक समेत हुन् । ‘होस्टेल ३’ बाट उनले घरेलु फिल्ममा डेब्यू गरेका थिए ।
फिल्ममा उनको शीर्ष भूमिका हुने निर्देशक चौहानले बताए । कथामा उपयुक्त हुने देखेर उनलाई अनुबन्धित गरिएको जानकारी निर्देशक चौहानले दिए ।
गतवर्ष प्रदर्शन भएको ‘द ब्ल्यू लाइट’बाट चौहानले निर्देशकीय डेब्यू गरेका थिए । अन्य कलाकारबारे तय भैसकेको छैन ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने यो फिल्म युवाको कथावस्तुमा आधारित रहेको जनाइएको छ ‘ल्याङ ल्याङ’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो । यसको अर्थ ‘किचकिच’ अथवा एउटै कुरामा पटकपटक कर गर्ने वा दोहोर्याएर दिने तनाव हो ।
प्रतिक्रिया 4