+
+
Shares

त्रिविले भन्यो : दलीय विद्यार्थी संगठनलाई संरचना उपभोग गर्न दिइएको छैन

विश्वविद्यालय अनुदान आयोगमाफर्त सरकारलाई पत्र पठाउँदै त्रिविले स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संठनहरूलाई आधिकारिक रुपमा कुनै पनि संरचना उपभोग गर्न नदिएको बताएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले दलीय विद्यार्थी संगठनलाई कुनै पनि क्याम्पसको संरचना उपभोग गर्न नदिएको स्पष्ट पारेको छ।
  • विश्वविद्यालयले क्याम्पस हाताभित्र रहेका दलीय संगठनका संरचना तत्काल हटाउन १५ असार २०८३ मा पत्राचार गरेको छ।
  • सरकारले ६० दिनभित्र दलीय संगठनका संरचना हटाएर स्टुडेन्ट काउन्सिलको व्यवस्था गर्ने योजना अघि सारेको छ।

१६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दलीय संगठनलाई कुनै पनि संरचना उपभोग गर्न नदिएको स्पष्ट पारेको छ । विश्वविद्यालय अनुदान आयोगमाफर्त सरकारलाई पत्र पठाउँदै त्रिविले स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संठनहरूलाई आधिकारिक रुपमा कुनै पनि संरचना उपभोग गर्न नदिएको बताएको हो ।

‘क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संठनहरूलाई आधिकारिक रुपमा कुनै पनि संरचना उपभोग गर्न दिइएको छैन यदि कुनै क्याम्पसमा त्यस्ता संरचना बनाइएको पाइएमा तत्काल हटाउन मिति २०८३/०३/१५ मा पत्राचार गरिएको छ,’ त्रिविको पत्रमा उल्लेख छ ।

त्रिविले सोमबार यदि कुनै क्याम्पसमा त्यस्ता संरचना बनाइएको पाइएमा तत्काल हटाउन निर्देशनसमेत दिएको थियो । सरकारले ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइ ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट’ संयन्त्रको विकास गर्ने भनेको छ ।

शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न दलीय संगठन हटाउन लागिएको सरकारको भनाइ छ ।

स्वसिवयु सभापतिहरू मध्येबाट दुई जना त्रिवि सभाको सदस्य हुने व्यवस्था छ । त्रिविले दलीय संगठन हटाउने भनेपछि स्ववियु र विद्यार्थी संगठनले विरोध जनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?