+
+
Shares

मधेशका नेता दीपकजंग ठाकुरलाई हर्कले गरे निलम्बन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १२:५६

१८ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मधेशका नेता दिपकजंग ठाकुरलाई निलम्बन गरेका छन् ।

ठाकुरले पार्टी सिद्धान्त, नीति विपरीत कार्य गरेको भन्दै अध्यक्ष साम्पाङले निलम्बन गरेका हुन् ।

‘अनेकन सामाजिक समस्याहरू रही आएकोले मधेश प्रदेशका दिपकजंग ठाकुरलाई आजैको मितिदेखि निलम्बन गरिएको जानकारी गराउँदछु । अर्को जानकारी नआउन्जेल निजसँग पार्टी सम्बन्धित कुनै क्रियाकलाप नगर्नु नगराउनु होला,’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।

पार्टीले निलम्बन गरेपछि ठाकुरले सामाजिक सञ्जाल मार्फत नै अध्यक्ष साम्पाङको निर्णयको विरोध गरेका छन् ।

‘तपाईंको पार्टी लोकतान्त्रीक निति नियममा नचल्ने रहेछ । त्यही भएर वैशाख १० र ११ गतेको निर्णय बमोजिम जेठ ६ गते मधेश प्रदेश गठन भएन,’ ठाकुरले भनेका छन्, ‘तपाईंले नै भनेको एक व्यक्ति एक पद तर तपाईंले नै एक व्यक्ति २ पदको निर्णय लिनु दु:खद हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?