असार १९, बैतडी । लगातार परेको वर्षाका कारण बैतडीको पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयको दुई तले भवन भत्किएको छ।
विद्यालयका प्रधानाध्यापक वीरेन्द्र केसीका अनुसार १६ असारदेखि निरन्तर परेको वर्षाका कारण शुक्रबार बिहान करिब ९ः४५ बजे चारकोठे दुई तले भवन पूर्ण रूपमा भत्किएको हो।
घटना भएको समयमा भवनभित्र कोही नरहेकाले कुनै मानवीय क्षति नभएको प्रधानाध्यापक केसीले जानकारी दिए ।
भवन भत्किएपछि विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। भवन भत्किएसँगै पठनपाठन सञ्चालनमा समेत समस्या उत्पन्न हुने देखिएको विद्यालयले जनाएको छ।
विद्यालय प्रशासनले क्षतिको मूल्यांकन गरी भवन पुनर्निर्माणका लागि सम्बन्धित निकायसँग आवश्यक सहयोगको अपेक्षा गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4