+
+
Shares

धोबीखोलामा एक महिलाले हाम फालिन्, खोजी जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १७:२८
फाइल तस्वीर

२५ असार, काठमाडौं । काठमाडौंको धोबीखोलामा एक महिलाले हाम फालेकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेकी हुन् ।

सेतो टिसर्ट लगाएकी र कम्मरमा पिंक कलरको ज्याकेट बाँधेकी अन्दाजी ३५ वर्ष जतिकी महिलाले खोलामा हाम फालेको प्रहरीले बताएको छ ।

ती महिलाको खोजीका लागि अहिले धोबी खोला क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।

यद्यपी उनको अवस्थाबारे भने केही पत्ता लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?