२५ असार, काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी महिला मृत अवस्थामा भेटिएकी छिन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, बल्खु कुमारी क्लबभन्दा तल खोलामा ती महिला मृत अवस्थामा फेला परेकी हुन् ।
कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेकी थिइन् ।
अन्दाजी ३५ वर्ष जतिकी महिलाले खोलामा हाम फालेको प्रहरीले बताएको छ । यद्यपि उनको परिचय भने खुलिसकेको छैन । के कारणले उनले खोलामा हाम फालिन् भन्ने पनि खुलेको छैन ।
घटनालगत्तै प्रहरी उनको खोजीमा खटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4