+
+
Shares

मानवअधिकार आयोगको सिफारिस सच्याउन ओलीले पुन: दिए निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १७:५७

२५ असार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले जेनजी आन्दोलनका क्रममा भएको छानबिन प्रतिवेदनका त्रुटी सच्याउन र प्रतिवेदनका अंशहरू उपलब्ध गराउन पुन निवेदन दिएका छन् ।

ओलीका तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौलाले आयोगका अध्यक्ष तवबहादुर मगरलाई भेटी पत्र बुझाएका हुन् । यसअघिको निवेदनअनुसार आयोगले पठाएका विवरण पूर्ण नभएको उल्लेख गर्दै उनले अब माग अनुसारका सबै विवरण दिन भनेका छन् ।

निवेदनमा आयोगको सिफारिस संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानवअधिकारका स्थापित मान्यता र सिद्धान्तसँग मेल नखाने, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दाबी गर्दै त्यसलाई सच्याउन आग्रह गरिएको छ।

निवेदनमा समितिको प्रतिवेदनका कुन-कुन अंश आयोगले स्वीकार गरेको, कुन अंश हटाएको वा थप गरेको, त्यसका आधार र कारणसहितका सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन आग्रह गरिएको छ।

यस्तै, आयोगले यस विषयमा थप कुनै छानबिन, अनुसन्धान वा अध्ययन गरेको भए त्यससँग सम्बन्धित प्रतिवेदन तथा अन्य सम्बन्धित कागजातहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि निवेदनमार्फत माग गरिएको बर्तौलाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?