News Summary
Generated by OK AI. Editorially reviewed.- नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
- प्रशिक्षक थोमस टुचेलले टोलीको आजको प्रदर्शनबाट आफू खुसी नरहेको र भाग्यले साथ दिएको बताएका छन् ।
- टुचेलले भने, ‘हामी अन्तिम चारमा पुगेका छौँ, तर अबका खेलमा हामीले सुधार गर्नैपर्छ ।’
२८ असार, काठमाडौं । इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेपछि प्रशिक्षक थोमस टुचेलले आज आफुहरु भाग्यमानी भएको बताएका छन् ।
नर्वेलाई २–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेपछि प्रशिक्षक टुचेलले टोलीको प्रदर्शनबाट खुसी नभएको बताएका हुन् ।
‘हामीले आज आफैँका लागि परिस्थिति निकै कठिन बनायौँ । नतिजा त सानदार छ । हामी अन्तिम चारमा पुगेका छौँ । तर म टोलीको प्रदर्शनबाट खुसी छैन,’ उनले भने ।
अबका खेलमा सुधार गरेर जाने प्रशिक्षक टुचेलले उल्लेख गरे । उनले भने, ‘आज भाग्यले हाम्रो साथ दियो। हामीले अझ राम्रो खेल्नुपर्छ। हामी सुधार गर्नेछौँ, हामीले सुधार गर्नैपर्छ ।
प्रतिक्रिया 4