+

काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

२०८३ साउन  ३ गते १७:१७ २०८३ साउन ३ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली भलिबल टोलीलाई आइतबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।
  • नेपाली पुरुष भलिबल टोलीले पहिलोपटक विश्व वरियता प्राप्त प्रतियोगिता खेल्न लागेको हो र टोलीको कप्तानी हरिहजुर थापाले सम्हाल्ने भएका छन् ।
  • नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले प्रतियोगितामा पदक जितेमा वा फाइनल खेलेमा खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

३ साउन, काठमाडौं । पाकिस्तानको इस्लामाबादमा यही जुलाई २२ देखि २९ सम्म आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीलाई बिदाइ गरिएको छ ।

नेपाल भलिबल संघले आईतबार एक कार्यक्रमकाबीच बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष विशाल श्रेष्ठले नेपाली टिमलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना सहित बिदाइ गरे ।

काभा पुरुष भलिबल च्याम्पियनसिप एफआईभिबी विश्व वरियता प्राप्त प्रतियोगिता भएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

नेपालको पुरुष टिमले पहिलो पटक विश्व वरियता प्राप्त प्रतियोगिता खेल्न लागेको हो । हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीमा ६ नयाँ खेलाडीहरु समावेश छन् ।

नेपाली टोलीको प्रशिक्षकमा जगदिश प्रसाद भट्ट र सहायक प्रशिक्षकमा रुपेश कुमार विष्ट छन् ।

प्रतियोगिता नेपाल र आयोजक पाकिस्तानसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल भलिबल संघका अध्यक्ष जितन्द्र बहादुर चन्दले काधा महिला विश्व वरियता प्राप्त भलिबल प्रतियोगिता नेपालमा भएको र पुरुषको पहिलो पटक वरियता प्राप्त प्रतियोगिता खेल्न लागेको यो महत्वपूर्ण रहेको बताए ।

पुरुषको विश्व वरियता पनि राम्रो स्थानमा आउजे चन्दको विश्वास छ । नेपालको पुरुष टिमले पदक पाउँदैन भन्ने गरिएपनि २०१७ मा माल्दिभ्समा पहिलो पटक कांस्य पदक जितेको र धेरै अवसरमा नेपाल पदक नजिक पुगेपनि भनग्यले साथ नदिएको बताए ।

यो प्रतियोगितामा वरियता प्राप्त भएकोले हरेक खेल महत्वपूर्ण हुने चन्दले बताए । पाकिस्तान र कजाखस्तान यस प्रतियोगितामा बलियो टोली भएको र त्यसपछि बाँकी चार टोली समान स्तरका रहेको उनले बताए ।

नेपालले पदक जितेमा वा फाइनल खेलेपनि नेपाल भलिबल संघले जनही ३ लाख प्रदान गर्ने भलिबल संघका अध्यक्ष चन्दले घोषणा गरे ।

नेपाली टोली : हरिहजुर थापा (कप्तान), सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नृत, रविन नगरकोटी, हिमाल सुनारी, दिपेश कुँवर,
विनोद चन्द

मुख्य प्रशिक्षक : जगदिश प्रसाद भट्ट
सहायक प्रशिक्षक : रुपेश विष्ट
व्यवस्थापक : सोम बहादुर श्रेष्ठ (मंगल)

काभा पुरुष भलिबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय