+
+
Shares

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रिवन इन्टरटेनमेन्टले विवाहित नेपाली महिलाका लागि ‘मिसेस नेपाल वर्ल्ड २०२६’ प्रतियोगिताको आवेदन खुला गरेको छ ।
  • प्रतियोगिताको पहिलो चरणको अडिसन २३ साउनमा र फिनाले १४ कात्तिकमा हुने तालिका सार्वजनिक गरिएको छ ।
  • एसईई उत्तीर्ण विवाहित तथा एकल महिलाले भाग लिन पाउने र विजेताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

काठमाडौं । विवाहित नेपाली महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ का लागि आवेदन खुला गरिएको छ । रिवन इन्टरटेनमेन्ट प्रालिले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो ।

पहिलो चरणको अडिसन २३ साउनमा काठमाडौंमा हुनेछ । फिनाले १४ कात्तिकमा हुनेछ । प्रतियोगितामार्फत नेपाली विवाहित महिलालाई आफ्नो प्रतिभा, व्यक्तित्व, नेतृत्व क्षमता तथा सामाजिक योगदान राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरिने जनाइएको छ ।

अडिसनबाट छनोट प्रतियोगीलाई ४५ दिनसम्म व्यक्तित्व विकास, सञ्चारकला, नेतृत्व, सार्वजनिक प्रस्तुति, फिटनेस, र्‍याम्प वाक तथा सामाजिक उत्तरदायित्वलगायत विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकबाट विशेष प्रशिक्षण दिइने भएको छ ।

प्रतियोगितामा सहभागी हुन न्यूनतम एसईई वा सो सरह उत्तीर्ण विवाहित तथा एकल महिलाले आवेदन दिन सक्नेछन् । आवेदन रिवन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत वा आवेदन फाराम भरेर गर्न सकिने जनाइएको छ ।

मिसेस नेपाल वर्ल्ड, मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र तथा मिसेस नेपाल कस्मो शीर्षकमा विजेता घोषणा हुनेछन् । मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय स्पर्धामा सहभागिताको मौका पाउनेछिन् ।

कस्मो विजेताले म्यानमारमा आयोजना हुने मिसेस कस्मोमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । आयोजक संस्थाका सीईओ निशुकान्त झाले विगतका संस्करणमा नेपाली प्रतियोगीले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय सफलता हासिल गरेको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?