+
+
Shares

विश्व ज्योतिष महासंघको नयाँ कार्यसमिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते ९:४०

१४ साउन, काठमाडौं । विश्व ज्योतिष महासंघको अन्तर्राष्ट्रिय समिति तथा दक्षिण एसियाली समन्वय समितिको नयाँ कार्यसमिति गठन भएको छ ।

विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल तथा पञ्चाङ्ग विकास समितिका सभापति आचार्य लक्ष्मण पन्थीको विशेष उपस्थितिमा सम्पन्न बैठकले सर्वसम्मत रूपमा १३ सदस्यीय समिति चयन गरेको हो ।

नवगठित समितिको सभापतिमा दैवज्ञ ज्योतिष डा. ज्ञानेशमान जोशी चयन भएका छन् । त्यस्तै, महासचिवमा ज्योतिष तथा वास्तुविद् आशिष सिम्खडा चयन भएका छन् । यसअघि सिम्खडाले महासंघको राष्ट्रिय समितिको महासचिवका रूपमा कार्य गर्दै आएका थिए ।

बैठकमा ज्योतिषशास्त्रको अध्ययन, अनुसन्धान, प्रशिक्षण, अन्तर्राष्ट्रिय सहकार्य तथा दक्षिण एसियाली राष्ट्रहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

नवगठित समितिका पदाधिकारीहरूले संस्थाको विकास, ज्योतिषशास्त्रको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारका लागि सक्रिय, प्रभावकारी र परिणाममुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?