News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले आज बिहान साढे ११ बजे सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।
- बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल हुनेछ ।
- नेपालको संविधानअनुसार परिषद्ले राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्ने जिम्मेवारी पाएको छ ।
१४ साउन, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदको बैठक आज बस्दैछ । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् ।
बैठक आज बिहान साढे ११ बजे बस्ने छ । सो बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल हुने छ ।
नेपालको संविधान भाग २८ मा भएको व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् । परिषदमा रक्षा सचिवले सदस्य सचिवको रुपमा काम गर्छन् ।
परिषदले नेपाली सेनाको परिचालन वा नियन्त्रण सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने, नेपाली सेनाको सुदृढीकरण एवम् आधुनिकीकरण गर्न आवश्यक कार्ययोजना तयार गर्ने, सुरक्षा निकायको लागि चाहिने हातहतियार, उपकरण र तिनीहरुको मापदण्ड सम्बन्धी नीति तर्जुमा गर्ने, मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्ने र राष्ट्रिय हित, सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा नेपाल सरकारलाई राय सल्लाह दिने काम गर्दछ ।
प्रतिक्रिया 4