+
+
Shares

‘सुनसरीमा बारम्बार गोली हान्न कसले र कुन प्रशासनबाट आदेश दिइरहेका छन् ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सुनसरीमा भएको झडपमा गोली चलाउन दिइएको आदेशबारे सरकारलाई जवाफ मागिन् ।
  • उनले गोली प्रहारबाट मुलुकमा शान्ति कायम नहुने र अवस्था झन् विकराल बन्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
  • सांसद बानुले मतदाताहरू धर्म वा जातिभन्दा माथि उठेर नेपालको समृद्धि र विकासका लागि विश्वास गरेको उल्लेख गरिन् ।

१४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अप्सना बानुले सुनसरीमा बारम्बार गोली हान्न कसले र कुन प्रशासनबाट आदेश दिएको हो भनेर सरकारलाई प्रश्न गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।

सुरुमा उनले आफू ‘केवल एउटा सांसदको रुपमा मात्र होइन, देशको सद्भाव र भविष्यप्रति चिन्तत एउटा नागरिकको रुपमा भारी मन लिएर सम्मानित सदनमा उभिएको’ बताइन् ।

त्यसपछि सुनसरी घटनाको विषय उठाइन् ।

‘हालै सुनसरी लगायतका क्षेत्रहरूमा हिन्दु र मुस्लिम समुदायबीच अप्रिय विवाद र झडप भयो । यसले हामी सबैको छाती पिरोलिएको छ’ उनले भनिन् ।

अनि सदनमा आफूहरूलाई जिताएर पठाउने मतदाता सम्झिइन् ।

‘मतदाताहरू न त केवल हिन्दु थिएन न त केवल मुस्लिम । उहाँहरू विशुद्ध नेपाली थिए’ उनले भनिन्, ‘उहाँहरूले धर्म र जाति भन्दा माथि सोचेर नेपालको भविष्य, समृद्धि, गाउँ समाजका निम्ति विश्वास र आश गरेर हामीलाई यहाँ पठाएका छन् ।’

यहाँनेर उनले सरकारलाई प्रश्न गरिन् ।

‘म सरकारलाई प्रश्न गर्न चाहन्छु, बारम्बार गोली हान्ने कसले र कुन प्रशासनबाट आदेश दिइरहेका छन्’ उनले भनिन्, ‘गोली चलाएर मुलुकमा शान्ति कायम हुन्छ जस्तो लाग्दैन् । यसले झनै विकराल अवस्था सिर्जना गर्दछ ।’

अन्य धेरै उपायबाट समस्याको समाधान गर्न सकिने उनको सुझाव छ ।अन्तिममा उनले भनिन्, ‘सयौं थुंगा फुलका हामी एउटै माला नेपाली ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?