+
+
Shares

मनोवैज्ञानिक थ्रीलर विधामा ‘पञ्चमी’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सौगात बस्नेतको निर्देशनमा नयाँ नेपाली चलचित्र ‘पञ्चमी’ निर्माण हुने औपचारिक घोषणा गरिएको छ।
  • यो मनोवैज्ञानिक थ्रिलर विधाको चलचित्र एक उपन्यासमा आधारित रहेको निर्देशक बस्नेतले जानकारी दिनुभयो।
  • चलचित्रको प्राविधिक टिम र कलाकारबारे आगामी दिनमा विस्तृत जानकारी सार्वजनिक गरिने बताइएको छ।

काठमाडौं । फिल्म ‘पञ्चमी’को औपचारिक घोषणा गरिएको छ । लामो समयदेखि पर्दापछाडि बसेर काम गरेका सौगात बस्नेतले यसबाट निर्देशनमा करिअर अघि बढाउन लागेका हुन् ।

‘थ्रिलर’ विधामा नयाँ आयाम थप्ने आशा राख्दै उनले यो फिल्मको थिम पोस्टर पनि ल्याएका छन् । बस्नेतले यसअघि दीपेन्द्र के खनाल लगायतका निर्देशकसँग प्रमुख सहायक निर्देशक भएर काम गरिसकेका छन् ।

सार्वजनिक पहिलो झलकमा पुरानो टाइप-राइटरमा ‘पञ्चमी’ लेखिएको, माथि त्रिशुल र दुई नाग, शब्दलाई घेर्ने पाँचवटा घेरा, बाहिर नाग अंकित रहस्यमयी लकेट र सबैभन्दा माथि शुक्ल पक्षको अर्धचन्द्र चित्रण छन् ।

निर्देशक बस्नेतले यसलाई एक मनोवैज्ञानिक र कौतुहल जगाउने थ्रीलर फिल्म भनेका छन् । उनले यो फिल्म एक उपन्यासको रुपान्तरण रहेको बताए । तर, कुन उपन्यासबाट अनुवाद गरिएको, त्यो खुलाएनन् ।

कलाकार, पटकथा लेखक वा प्राविधिक टिमबारे हाल केही जानकारी सार्वजनिक गरिएको छैन । आगामी दिनहरूमा बिस्तारै जानकारी सार्वजनिक हुँदै जाने र छिट्टै चलचित्रको झलक आउने निर्देशक बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?