प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको कप्तानगञ्ज घटनामा घाइते भएका २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको छ ।
- प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या दुई पुगेको छ र यसअघि २४ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो ।
- गत आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोलीबाट प्रदर्शनकारी र प्रहरी गरी १६ जना घाइते भएका थिए ।
१३ साउन, विराटनगर । सुनसरीको कप्तानगञ्ज घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।
विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर घाइते भएका उनको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । यो सँगै सुनसरीको कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । ८ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी तर्फ पनि ८ जना घाइते भएका छन् ।
आइतबार राति दुई समूह बीचको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4