News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहामा दुई पक्षबीच भएको झडपपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
- कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीले गरेको आगजनीमा परी ११ वटा मोटरसाइकल नष्ट भएका छन्।
- प्रदर्शनका क्रममा झडप हुँदा घाइते भएका दुई जनालाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।
१४ साउन, सिरहा । सिरहामा दुई पक्षबीच झडप हुँदा दुई जना घाइते भएका छन् । सुनसरीमा भएको दुई समुदायबीचको भडपको असर अन्य जिल्लामा परेको हो । सिरहामा पनि स्थिति अशान्त बनेसँगै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
कर्फ्यु आदेश जारी भए पनि प्रदर्शन जारी छ । आगजनी र तोडफोड हुन थालेपछि प्रहरीले गोली चलाएको छ ।
प्रदर्शनका क्रममा दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल पुर्याइएको छ ।
केहीबेरअघि प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगजनीसमेत गरेका थिए । आगजनीका कारण ११ वटा मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4