News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रसाद चौधरी र कम्प्यूटर अपरेटर सुरेश कहाँर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
- उपाध्यक्ष चौधरी र अपरेटर कहाँरले न्यायिक असमानता विरुद्ध उपाध्यक्ष कार्यक्रमको छ लाख रुपैयाँमध्ये पाँच लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ ।
- अख्तियारले अनुसन्धानका क्रममा उक्त पाँच लाख रुपैयाँ अपरेटर कहाँरको खाताबाट उपाध्यक्ष चौधरीको खातामा ट्रान्सफर भएको तथ्य फेला पारेको छ ।
१४ साउन, काठमाडौं । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रसाद चौधरी(कुर्मी) र गाँउपालिकाकै कम्प्यूटर अपरेटर सुरेश कहाँर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले दुवैजनालाई पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो । गाउँपालिका उपाध्यक्ष कुर्मीको खातामा अपरेटर कहाँरको खाताबाट पाँच लाख रुपैयाँ ट्रान्सफर भएको थियो ।
गाउँपालिकाले ‘न्यायिक असमानता विरुद्ध उपाध्यक्ष कार्यक्रम’ सञ्चालन गरेको थियो । त्यो कार्यक्रमका लागि भुक्तान भएको छ लाख रुपैयाँमध्ये पाँच लाख रुपैयाँ उपाध्यक्ष चौधरीको खातामा गएको र त्यो भ्रष्टाचारको रकम भएको अख्तियारको जिकिर हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4