१५ साउन, काठमाडौं । विशेष अदालतले पासपोर्ट ठेक्का भ्रष्टाचार अभियोगमा मुछिएका सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गरेको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।
पासपोर्ट खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले ८ असार, २०८३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
राहदानी विभागले पासपोर्ट छपाईको जिम्मेवारी पाएको जर्मन कम्पनी भेरिडोसलाई १८ करोड ४४ लाख रुपैयाँ भुक्तानी गरेको थियो भने उपकरणहरु आपूर्ति गर्ने जिम्मेवारी पाएको मुलवर कम्पनीलाई एक रुपैयाँ पनि भुक्तानी भएको छैन ।
करिव साढे १८ करोड रुपैयाँ भुक्तानी भएकोमा विशेष अदालतले पासपोर्टको ठेक्कामा बोलकबालेल भएको अंक अर्थात् १० अर्ब १३ करोड रुपैंया विगो मागदावी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
राहदानी विभागका निवर्तमान महानिर्देशक ५ लाख धरौटीमा छुटिसकेका छन् ।
प्रतिक्रिया 4