News Summary
Generated by OK AI. Editorially reviewed.- मस्को क्षेत्रमा रातभर भएको ड्रोन आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।
- मस्को क्षेत्रका गभर्नर आन्द्रेई वोरोब्योभले ड्रोन आक्रमणलाई हवाई प्रतिरक्षा बलले विफल पारेको जानकारी दिएका छन्।
१९ साउन, काठमाडौं । मस्को क्षेत्रमा रातभर भएको ड्रोन आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। आक्रमणमा परेर अन्य ६ जना घाइते भएका छन्। मस्को क्षेत्रका गभर्नर आन्द्रेई वोरोब्योभले यसको पुष्टि गरेका हुन्।
गभर्नर वोरोब्योभले म्याक्स प्लेटफर्ममा लेखेका छन्, ‘आज बिहान हवाई प्रतिरक्षा बलले मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणलाई विफल पारिदियो। दुर्भाग्यवश, यस घटनामा परी मानिसहरूको मृत्यु र घाइते भएका छन्। प्रारम्भिक जानकारी अनुसार पाँच जनाको मृत्यु भएको छ र छ जना घाइते भएका छन्। प्रभावित सबैले आवश्यक मेडिकल केयर पाइरहेका छन्। म मृतकका परिवार र आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4