+
+
Shares

फुट्यो बाबुरामको पार्टी : नयाँ शक्ति बिउँतियो, सन्तोष परियारलाई आँखाबाहेकको प्रलोपा

सहमति अनुसार दुर्गाकै नेतृत्वमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बिउँतिएको छ भने सन्तोषको भागमा प्रलोपा परेको छ तर आँखा चिह्न नयाँ शक्तिकै हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते ७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेताहरूद्वारा गठित प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा विभाजित भएको छ ।
  • दुर्गा सोबको नेतृत्वमा नेपाल समाजवादी पार्टी पुनः स्थापना भएको छ भने सन्तोष परियारले प्रलोपालाई निरन्तरता दिने सहमति भएको छ ।
  • नयाँ दलको चुनाव चिह्न आँखा रहने र प्रलोपाका लागि तीन रङको चिह्न राख्ने प्रक्रिया अगाडि बढाइने भएको छ ।

२१ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा, पूर्वरास्वपाका नेता सन्तोष परियारलगायतले स्थापना गरेका प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजित भएको छ ।

धेरै नेताहरु पार्टीबाट अलग भइसकेपछि बाँकी रहेका नेताहरु पनि छट्टिएका हुन् । हाल अध्यक्ष परिषद्मा रहेका दुर्गा सोब र सन्तोष परियार पनि छुट्टिने सहमति गरेका छन् ।

सहमति अनुसार बाबुराम भट्टराईले प्रलोपा स्थापना हुनअघि बनाएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुन: बिउतिएको छ । यसको नेतृत्व दुर्गा सोबले गर्ने छिन् । यो पार्टीको चुनाव चिह्न आँखा नै हुने सहमति भएको छ ।

सन्तोष परियारको पार्टी प्रलोपा नै हुने सहमति भएको छ । चुनाव चिह्न आँखाबाहेकको तीन रङको हुने गरी प्रक्रिया थाल्ने सहमति भएको छ ।

यो पार्टीबाट सुदन किराँती, ओजस्वी भट्टराई लगायतका नेताहरु यसअघि नै बाहिरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?