+
+
Shares

केएमसीमा आइतबार ‘जब फेयर’ हुँदै, ४७ कम्पनीमा रोजगारीको अवसर

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं मोडेल कलेजले आगामी साउन २४ गते आइतबार विद्यार्थी तथा युवाहरूलाई लक्षित गर्दै ‘जब फेयर’ आयोजना गर्ने भएको छ।
  • रोजगार मेलामा ४७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले विभिन्न पदका लागि दक्ष जनशक्ति छनोट गर्नेछन्।
  • कलेज प्रमुख सुरेन्द्र सुवेदीले विद्यार्थीलाई शैक्षिक उपलब्धिसँगै व्यावसायिक अवसर जोड्न कलेज निरन्तर क्रियाशील रहेको बताए।

२१ साउन, काठमाडौं । काठमाडौं मोडेल कलेज (केएमसी) बागबजारले आगामी साउन २४ गते आइतबार ‘जब फेयर’ आयोजना गर्ने भएको छ।

युवाहरूलाई रोजगारीसँग प्रत्यक्ष जोड्ने उद्देश्यले आयोजना हुन लागेको यस रोजगार मेलामा ४७ वटा प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले विभिन्न पदका लागि दक्ष जनशक्ति समेत छनोट गर्नेछन्।

केएमसी नेटवर्क अन्तर्गतका कलेजहरू तथा अन्य शैक्षिक संस्थाबाट स्नातक तथा स्नातकोत्तर तह अध्ययनरत् एवम् अध्ययन सम्पन्न गरेका विद्यार्थीहरूलाई लक्षित गरी रोजगार मेला आयोजना गरिएको हो ।

सहभागीहरूले आफ्नो योग्यता, रुची तथा दक्षताअनुसार विभिन्न कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तर्वार्ता, करियर परामर्श तथा रोजगारीका अवसरबारे जानकारी प्राप्त गर्ने अवसर पाउनेछन्। कार्यक्रमअन्तर्गत ‘फ्रम एक्स्पेक्टेसन्स टु एम्प्लोयाबिलिटी : ह्वाट एम्प्लोयर्स भ्यालु इन नेपाल्स फ्युचर वर्कफोर्स’ विषयक विशेष प्यानल छलफल आयोजना गरिनेछ।

उक्त छलफलमा विभिन्न उद्योग तथा रोजगारदाता संस्थाका प्रतिष्ठित प्रतिनिधिहरूले नेपालको भविष्यको श्रमबजारमा रोजगारदाताले अपेक्षा गर्ने ज्ञान, सिप, व्यावसायिक आचरण, नेतृत्व क्षमता, सञ्चारकौशल तथा रोजगारयोग्यताका आवश्यक पक्षहरूबारे आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गर्ने छन् ।

उद्योग–शिक्षा सहकार्य, बदलिँदो रोजगार बजारको माग तथा विद्यार्थीहरूले सफल करियर निर्माणका लागि विकास गर्नुपर्ने दक्षताबारे समेत अन्तरक्रियात्मक छलफल हुनेछ । काठमाडौं मोडेल कलेजका कलेज प्रमुख सुरेन्द्र सुवेदीले विश्वविद्यालयको पाठ्यक्रमसँगै समयसापेक्ष सीप, प्रविधिमैत्री शिक्षा र उद्योग–शिक्षा सहकार्यलाई प्राथमिकता दिँदै विद्यार्थीलाई रोजगारयोग्य बनाउने दिशामा केएमसी निरन्तर क्रियाशील रहेको बताए ।

यस्ता कार्यक्रमले विद्यार्थीलाई शैक्षिक उपलब्धिलाई व्यावसायिक अवसरसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । उनका अनुसार ‘केएमसी जब फेयर–२०२६’ मा सहभागिता जनाउन इच्छुक विद्यार्थी तथा युवाहरूले उपलब्ध गराइएको अनलाइन दर्ता लिंक मार्फत पूर्वदर्ता गरी सहभागी हुन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?