+
+
Shares

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि (तस्वीरहरू)

दशौंपटक सगरमाथाको सफल आरोहण तथा २८ पटक ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका गुरुङ गोरखाको लाप्राक गाउँका हुन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ साउन २२ गते ११:४८

२२ साउन, काठमाडौं । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शवयात्रा सहित अन्त्येष्टि गरिएको छ । उनको काठमाडौंको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।

ब्रोड पिकको हिम पहिरोमा गुरुङ, निर्मल पुर्जा लगायत ६ नेपाली पर्वतारोहीसहित १० जनाको ज्यान गएको थियो । ज्यान गुमाएकामध्ये गुरुङको शव विहीबार नेपाल ल्याइएको थियो ।

अन्त्येष्टि अघि उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । श्रद्धाञ्जली अर्पण कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, पूर्व उपसभामुख इन्दिरा रानामगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायत सहभागी भए । गृहमन्त्री गुरुङले पुरबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन् ।

दशौंपटक सगरमाथाको सफल आरोहण तथा २८ पटक ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका गुरुङ गोरखाको लाप्राक गाउँका हुन् ।

    

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?