+
+
Shares

योजना आयोगमा निजी क्षेत्रको माग : व्यावसायिक सुरक्षाको प्रत्याभूति चाहियो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय योजना आयोगसँगको छलफलमा निजी क्षेत्रका प्रतिनिधिले व्यावसायिक सुरक्षा र मर्यादित वातावरणको प्रत्याभूति आवश्यक रहेको बताएका छन् ।
  • बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिले आर्थिक गतिविधिमा आएको सुस्तताका कारण कर्जा र लगानी विस्तारमा समस्या रहेको उल्लेख गरेका छन् ।
  • आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले निजी क्षेत्रका समस्या समाधानका लागि सरकार र व्यवसायीबीच सेतुको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

२२ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगसँगको छलफलमा निजी क्षेत्रका प्रतिनिधिले व्यावसायिक सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताएका छन् ।

आयोगले राष्ट्रिय विकास समस्या समाधान समितिको पूर्वतयारी बैठक सन्दर्भमा बिहीबार क्षेत्रगत मन्त्रालय र निजी क्षेत्रबीच छलफल गरेको छ । छलफलमा निजी क्षेत्रका प्रतिनिधिले मर्यादित व्यवसायिक वातावरण र सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी महासंघलगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि सहभागी थिए ।

आयोगका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाका अनुसार सार्वजनिक निजी निर्माण, निजी क्षेत्रको लगानी परिचालन, वित्तीय स्रोतको उपयोग र तरलता व्यवस्थापन लगायत विषयमा छलफल भएको छ ।

बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिले आर्थिक गतिविधिमा आएको सुस्तता तथा कमजोर मागका कारण कर्जा तथा लगानी विस्तार न्यून भएको बताएका थिए । उनीहरूले खराब कर्जा वृद्धि लगायत समस्या उल्लेख गर्दै व्यवसायीहरूको मनोवल अभिवृद्धिमा जोड दिए ।

कार्यक्रममा सोह्राै  योजनाले लिएका लक्ष्य तथा कार्यान्वयनको अवस्था एवम् सरकारको वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि र १ सय खर्बको अर्थतन्त्र निर्माणको लक्ष्य हासिल गर्न सरकारले गर्नुपर्ने नीतिगत तथा कानुनी सुधारमा सुझाव दिइएको थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले बाह्य क्षेत्र तथा वित्तीय क्षेत्रको स्थिति सन्तोषजनक रहेको अवस्थामा वास्तविक क्षेत्रका कृयाकलाप विस्तार हुनुपर्ने बताए ।

उनले आयोगले अन्तर मन्त्रालय तथा क्षेत्रगत समन्वय गर्दै निजी क्षेत्र र सरकारबीच समस्या समाधानमा सेतुको काम गर्ने बताए । उनले निजी क्षेत्रले उठाएका विषय आगामी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?