+
+
Shares

खुटिया-दिपायल द्रुतमार्गको निर्माण तीन वर्षभित्र सम्पन्न हुने दाबी

पाँच वर्षमा धनगढी–दिपायल जोड्ने उद्देश्यले सुरु गरिएको यो सडकखण्ड निर्माण सुरु भएको १८ वर्षसम्म पनि पूरा भएको छैन । न ट्रयाक नै पूरा खुलेको छ ।

रामहरि ओझा रामहरि ओझा
२०८३ साउन २२ गते १५:२०

२० साउन, डोटी । सुदूरपश्चिम प्रदेशमा चीन र भारतको सीमालाई छोटो दूरीमा जोड्ने योजनाका साथ सुरु भएको धनगढी–खुटिया–दिपायल–चैनपुर–उरइभन्ज्याङ्ग द्रुतमार्गअन्तर्गत खुटिया–दिपायल खण्ड निर्माण कार्य तीन वर्षभित्र सम्पन्न सम्पन्न हुने दाबी गरिएको छ ।

सडक आयोजना प्रमुख शशांक मिश्रले चालु आर्थिक वर्षमा उक्त सडकखण्डमा ५० करोड रुपैयाँ विनियोजन भएपछि निर्माण कार्य तीव्र हुने दाबी गरेका हुन् ।

‘चालु आर्थिक बर्षमा ५५ करोड रुपैयाँको ठेक्का प्रक्रिया अघि बढिसकेको छ, थप डेढ अर्बको बजेट एप्रोचका लागि हामी फायल पेस गर्ने तयारीमा छौं,’ मिश्रले भने, ‘त्यो फायल स्वीकृत भयो भने ३ वर्षभित्रै दिपायलसम्म काम हुन्छ ।’ उनले खुटियादेखि दिपायलसम्मको कुल ८६ किलोमिटरमध्ये २० किलोमिटर कालोपत्रे भइसकेको बताए ।

खुटिया–दिपायल खण्डअन्तर्गत पर्ने १७ वटा पुलमध्ये ४ पुल निर्माण भइसकेका र ३ पुलको काम जारी रहेको आयोजना प्रमुख मिश्रले बताए ।

‘हाल खुटियादेखि दिपायलसम्म २० किलोमिटर कालोपत्रे भएको छ । भने दिपायलदेखि मेल्लेखसम्म ३२ किलोमिटर कालोपत्रे भएको छ । अब दिपायलसम्म पहिले क्लियर गरिनेछ’, उनले भने ।

आर्थिक वर्ष २०६५/०६६ सालमा सडक विभागले सुरु गरेको यो सडकको निर्माण कार्य अपेक्षाकृत गतिमा हुन सकेको छैन ।

यो सडक खण्ड सुरुवातमा डिभिजन सडक कार्यालय कुलपाते डोटीअन्तर्गत थियो । २०७३/७४ मा निर्माणलाई गति दिन सरकारले छुट्टै आयोजना कार्यालय नै खोलेको थियो ।

तर, २०७६ साउनमा सुदूरपश्चिम प्रदेश सरकारले आफू निर्माण गर्ने भन्दै प्रदेश सरकार मातहत ल्याएको थियो । पछि स्रोतमा कठिनाइ हुने देखिएपछि प्रदेश सरकारले ७ महिनामै संघ सरकारलाई नै फर्काइदिएको थियो । त्यसपछि यो सडक अलपत्रजस्तै बनेको थियो ।

पाँच वर्षमा धनगढी–दिपायल जोड्ने उद्देश्यले सुरु गरिएको यो सडकखण्ड निर्माण सुरु भएको १८ वर्षसम्म पनि पूरा भएको छैन । न पूरा ट्रयाक नै खुलेको छ ।

सुरुमा खुटिया–बीपीनगर–दिपायल फास्ट ट्र्याक नामाकरण गरिएपनि पछि बझाङको चैनपुरसम्म जोड्ने लक्ष्य राखियो ।

त्यसपछि उत्तर–दक्षिण अन्तर्राष्ट्रिय नाका जोड्नेगरी उक्त सडकको नाम ‘धनगढी–धनगढी–खुटिया–दिपायल–चैनपुर–उरइभन्ज्याङ्ग’ बनाइएको छ ।

लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?