+

२०औं एसियन गेम्स : यी हुन् नेपालबाट सहभागी १३६ खेलाडी (नामसहित)

२०८३ साउन  २४ गते १२:५२ २०८३ साउन २४ गते १२:५२

जापानको आइची नागोयामा हुने २०औं एसियन गेम्समा नेपालबाट २२ खेलमा १३६ खेलाडी सहभागी हुँदैछन् । जसमा पुरुषतर्फ ८० र महिलातर्फ ५६ खेलाडी छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानको आइची नागोयामा हुने २०औं एसियन गेम्समा नेपालबाट २२ खेलमा १३६ खेलाडी सहभागी हुने भएका छन्।
  • राष्ट्रिय खेलकुद परिषद्का अनुसार खेलाडी, प्रशिक्षक र पदाधिकारीसहित कूल २१७ जनाको नेपाली टोली प्रतियोगिताका लागि जापान जानेछन्।
  • एसियन गेम्समा कबड्डी, क्रिकेट, भलिबललगायतका २२ खेलमा पुरुष ८० र महिला ५६ खेलाडीले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

२४ साउन, काठमाडौ । सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची नागोयामा हुने २०औं एसियन गेम्समा नेपालबाट २२ खेलमा १३६ खेलाडी सहभागी हुँदैछन् । जसमा पुरुषतर्फ ८० र महिलातर्फ ५६ खेलाडी छन् ।

२०औं एसियन गेम्समा नेपालबाट आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइकलिङ, गल्फ, कबड्डी, कराते, जुडो, स्क्वास, स्वीमिङ, टेबलटेनिस, टेनिस, सफ्ट टेनिस, कुस्ती, क्यानोइ स्लालोम, डान्स एन्ड स्पोर्ट्स, स्केटबोर्ड, तेक्वान्दो, भलिबल, उसु छन् ।

टिम गेमअन्तर्गत कबड्डी (महिला र पुरुष), भलिबल (महिला) र क्रिकेट (पुरुष) मात्र समावेश छ भने व्यक्तिगततर्फ १९ खेल छन् ।

नेपालबाट २०औं एसियन गेम्समा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र सेफ दि मिसिन, डेपुटी सेभ दि मिसन, मेडिकल टिम लगायत गरेर कूल २१७ जना सहभागी हुने राखेप स्रोतले जनाएको छ ।

जसमा १३६ खेलाडी, ३२ प्रशिक्षक, २० व्यवस्थापक छन् । यस्तै एक जना सेभ दि मिसन हुनेछन् भने एक जना डेपुटी सेभ दि मिसन रहनेछन् । बाँकी २७ जनामा मेडिकल टिम, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, मिडिया टिम लगायत व्यक्ति हुनेछन् ।

खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १८८ नाम सार्वजनिक भइसकेको छ । यस्तै सेभ दि मिसनमा राखेप सदस्य सचिव रामचरित्र मेहता र डेपुटी सेफ दि मिसनमा नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष तथा नेपाल गल्फ संघका अध्यक्ष टासी घले छन् । २७ जनाको नाम भने सार्वजनिक भएको छैन ।

कबड्डीको दुई टोली, उसुमा ११ खेलाडी

खेल अनुसारको खेलाडी संख्यामा टिमतर्फ कबड्डीमा सर्वाधिक २४ खेलाडी छन् । कबड्डीमा पुरुष र महिला दुबै टिममा गरेर सर्वाधिक २४ जना खेलाडी छन् । त्यस्तै पुरुष क्रिकेटमा १५ र महिला भलिबलमा १२ जना खेलाडी छन् ।

यस्तै व्यक्तिगत खेलतर्फ उसुमा सबैभन्दा धेरै ११ खेलाडी सहभागी हुनेछन् भने डान्स स्पोर्टमा सबैभन्दा कम १ खेलाडी मात्र छन् । यस्तै साइक्लिङ, आर्चरी र स्क्वासमा एक पुरुष र एक महिला गरी दुई-दुई खेलाडी समावेश छन् भने क्यानोई, स्केडबोर्ड र तेक्वान्दोमा पुरुषतर्फ दुई खेलाडी मात्र सहभागी छन् ।

आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, साइकलिङ, गल्फ, जुडो, कबड्डी, कराते, सफ्ट टेनिस, स्क्वास, स्वीमिङ, टेबल टेनिस, टेनिस, कुस्ती, उसुतर्फ नेपालबाट पुरुष र महिला दुवै खेलाडी सहभागी हुनेछन् ।

यसैगरी भलिबलमा नेपालको महिला टिमले मात्र सहभागिता जनाउनेछ भने क्यानोइ स्लालोम, क्रिकेट, डान्स एन्ड स्पोर्ट्स, स्केटबोर्ड र तेक्वान्दोमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् ।

कुन खेलमा कति खेलाडी ?

नेपालबाट आर्चरीमा समान १ पुरुष र महिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा समान २ पुरुष र महिला, बक्सिङमा ४ पुरुष र ३ महिला, क्यानोइमा २ पुरुष, क्रिकेट (पुरुष) मा १५, साइक्लिङमा समान १ पुरुष र महिला तथा डान्स एन्ड स्पोर्ट्समा १ पुरुष खेलाडी सहभागी हुने छन् ।

त्यस्तै गल्फमा ३ पुरुष र १ महिला, जुडोमा समान ३ पुरुष र महिला, कबड्डीमा २४ (१२ पुरुष, १२ महिला), करातेमा ३ पुरुष र ५ महिला, स्केटबोर्डमा २ पुरुष, सफ्ट टेनिसमा ३ पुरुष र १ महिला, स्क्वासमा समान १ पुरुष र महिला, पौडीमा ३ पुरुष र २ महिला, टेबलटेनिसमा समान ३ पुरुष र महिला, तेक्वान्दोमा २ पुरुष, टेनिसमा ३ पुरुष र २ महिला, भलिबल (महिला)मा १२, कुस्तीमा ४ पुरुष र २ महिला तथा उसुमा ८ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

यी हुन् २०औं एसियन गेम्स खेल्ने नेपाली खेलाडी:

आर्चरी (२)

तिलक पुन मगर (पुरुष) – रिकर्भ
ज्ञानु अवाले (महिला) – रिकर्भ

एथ्लेटिक्स (६)

सोम बहादुर कुमाल (पुरुष) – ८०० मिटर
मुकेश बहादुर पाल (पुरुष) – १५०० र ५००० मिटर
राजन रोकाय (पुरुष) – १०००० मिटर र म्याराथन
खड्क बहादुर खड्का (पुरुष) – म्याराथन
सन्तोषी श्रेष्ठ (महिला) – ५००० र १०००० मिटर
पुर्णलक्ष्मी न्यौपाने (महिला) – १५०० र ५००० मिटर

ब्याडमिन्टन (४)

क्षितिज खनाल (पुरुष)
प्रफुल महर्जन (पुरुष)
रशिला महर्जन (महिला)
रिहान्ना श्रेष्ठ (महिला)

बक्सिङ (७)

रमिशा श्रेष्ठ (महिला) – ५१ केजी
अस्मिता दुलाल (महिला) – ५४ केजी
कुसुम तामाङ (महिला) – ६५ केजी
चन्द्र बहादुर थापा (पुरुष) – ५५ केजी
खगेन्द्र रोका मगर (पुरुष) – ६० केजी
धन बहादुर दर्लामी (पुरुष) – ७० केजी
रबिन नेपाल (पुरुष) – ९० केजी

ब्रेकिन एण्ड डान्स स्पोर्ट्स (१)

सुनिल बम्जन (पुरुष) – बी बोइङ

क्रिकेट (१५)

रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल, कुशल मल्ल

साइक्लिङ (२)

नवराज न्यौपाने (पुरुष)
उषा खनाल (महिला)

गल्फ (४)

सुवास तामाङ (पुरुष)
सद्भाव आचार्य (पुरुष)
राहुल विक (पुरुष)
तारा कार्की (महिला)

जुडो (६)

विकास विक (पुरुष) – ६० केजी मुनि
विशेष विक (पुरुष) – ६६ केजी मुनि
सुजन गुरुङ (पुरुष) – ९० केजी मुनि
निशा श्रेष्ठ (महिला) – ४८ केजी मुनि
देवकी माया श्रेष्ठ (महिला) – ५२ केजी मुनि
पुनम श्रेष्ठ (महिला) – ७० केजी मुनि

कबड्डी महिला (१२)

रविना चौधरी, गंगा घिमिरे, नानु माया पराजुली, विनिता पन्डित क्षेत्री, जयन्ती बडु, अस्मा यादव, खिम माया खत्री, मेनुका कुमारी राजवशीं, मिना नेपाली, सृजना कुमारी थारु, मनमती विष्ट, मनिशा जोशी

कबड्डी पुरुष (१२)

घनश्याम रोका मगर, अन्कु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर थादव, कुमार लामा, गणेश पार्की, करुण रसाइली

कराते (८)

राकेश मानन्धर (पुरुष) – ५० केजी
मिन बहादुर तामाङ (पुरुष) – ५५ केजी
तेन्जिङ शेर्पा (पुरुष) – ८४ केजी माथि
निरुपा दोङ तामाङ (महिला) – ६८ केजी मुनी
एरिका गुरुङ (महिला) – ६८ केजी माथी
सानु माया थिङ (महिला) – एकल काता
एलिसा रास्कोटी मगर (महिला) – टिम काता
मेघा लिम्बु (महिला) – टिम काता

राफ्टिङ एण्ड कनोइङ (२)

विजय माझी (पुरुष) – क्यानोई स्लोलोम (के१) र कायाक स्लालोम
आशिष रानामगर (पुरुष( – क्यानोई स्लोलोम (के१) र कायाक स्लालोम

स्केटिङ एण्ड स्केटबोर्डिङ (२)

गजेन्द्र बर्देवा (पुरुष) – स्ट्रिट फ्रि स्टाइल
शरद कुमार राई (पुरुष) – स्ट्रिट फ्रि स्टाइल

सफ्ट टेनिस (४)

जर्जिया चौधरी (महिला) – वुमेन्स सिंगल्स मिक्स डबल्स
कमल बहादुर भण्डारी (पुरुष) – मेन्स सिंगल्स मिक्स डबल्स मेन्स टिम
प्रदिप खत्री (पुरुष) – मेन्स सिंगल्स मेन्स टिम
ब्रिजेश पाण्डे (पुरुष) – मेन्स टिम

स्क्वास (२)

अरहान्त केश सिम्ह (पुरुष) – सिंगल्स र मिक्स डबल्स
विपना ब्लोन (महिला) – सिंगल्स र मिक्स डबल्स

स्वीमिङ (५)

डुआना लामा (महिला) – १०० मिटर फ्रिस्टाइल, २०० मिटर फ्रिस्टाइल, १०० मिटर ब्रेस्टस्ट्रोक
आर्या महर्जन (महिला) – १०० मिटर फ्रिस्टाइल, ५० मिटर ब्याकस्ट्रोक
अभिव प्रधान (पुरुष) – १०० मिटर फ्रिस्टाइल, ५० मिटर बटरफ्लाई
जादेन श्रेष्ठ (पुरुष) – १०० मिटर ब्रेस्टस्ट्रोक, ५० मिटर ब्रेस्टस्ट्रोक
एर्भिन श्रेष्ठ (पुरुष) – ५० मिटर फ्रिस्टाइल, १०० मिटर फ्रिस्टाइल

टेबल टेनिस (६)

संयोग कपाली (पुरुष)
रुबिन महर्जन (पुरुष)
गनन्जय दाहाल (पुरुष)
नविता श्रेष्ठ (महिला)
एभाना थापा (महिला)
योङ्गी पौडेल (महिला)

तेक्वान्दो (२)

अभिषेक बराल (पुरुष) – ८० केजी मुनि
युवराज राना (पुरुष) -पुम्से ३० वर्ष मुन

टेनिस (५)

प्रदिप खड्का (पुरुष)
निसान श्रेष्ठ (पुरुष)
अभिषेक बास्तोला (पुरुष)
शिभाली गुरुङ

भलिबल (१२)

निरुता ठगुन्ना, उषा भण्डारी, मिना सुनार, सलिना बुढा मगर, आरती सुवेदी, लक्ष्मी चन्द, बसन्ती कुमारी साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, रिमा कुँवर, प्रगती नाथ, सलिना श्रेष्ठ

कुस्ती (६)

सुरेश चुनारा (पुरुष) – ७४ केजी
निखिल राज पटेल (पुरुष) – ८६ केजी
राज यादव (पुरुष) – १२५ केजी
राम किशोर यादव (पुरुष) – ६५ केजी
सुशिला चन्द (महिला) – ६२ केजी
सिवाङ्गी दुवे (महिला) – ५७ केजी

उसु (११)

विजय सिन्जाली (पुरुष) – चाङग्क्वान
हरि प्रसाद गोले (पुरुष) – ताइजीक्वान अल राउण्ड
राजिव तामाङ (पुरुष) – दाओसु गुन्स
दिपक हमाल (पुरुष) – नान्क्वान अल राउण्ड
सुस्मिता तामाङ (महिला) – चान्गक्वान
सविता राई (महिला) – ताइजिक्वान अलराउण्ड
रोहित चुनारो (पुरुष) – ५६ केजी
मुकेश पन्डित (पुरुष) – ६० केजी
अमर सुनार (पुरुष) – ६५ केजी
सन्जिव महर्जन (पुरुष) – ७५ केजी
रिता ठकुल्ला (महिला) – ६० केजी

२०औं एसियन गेम्स

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय