News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
- क्यानका सचिव पारस खड्काले विज्ञप्तिमार्फत एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने व्यहोरा अवगत गराएका छन् ।
- लिगका लागि खेलाडी अक्सन सम्पन्न भइसकेको र अहिले टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया शुरू गरेका छन् ।
२३ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो जसअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने भएको हो ।
‘एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने व्यहोरा अवगत गराउँदछौं’ क्यान सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एनपीएलका लागि अक्सन सम्पन्न भइसकेको छ भने अहिले विभिन्न टोलीहरूले विदेशी खेलाडीहरू अनुबन्ध गर्ने क्रम सुरु भइसकेको छ ।
क्यानले घोषणा गरेको मिति दशैं र तिहारको बीचमा परेको छ । मिति अनुसार तिहार सोही बेला परेको छ ।
यसअघि भने एनपीएल तिहारपछि मंसिरमा हुँदै आएको थियो ।
मिति तोकेपनि खेलतालिका भने सार्वजनिक भएको छैन । तिहारमा दुई दिन बाहेक अरु दिन खेल गर्ने क्यानको तयारी छ ।
प्रतिक्रिया 4