News Summary
Generated by OK AI. Editorially reviewed.- सविन तामाङले शनिबार काठमाडौं खेलमण्डल एनआरटी नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिपको उपाधि जितेका छन् ।
- फाइनलमा सविनले रोहित क्षेत्रीलाई ६–१ को सेटमा पराजित गर्दै एक लाख ११ हजार १११ रुपियाँ पुरस्कार प्राप्त गरेका छन् ।
- त्रिपुरेश्वरस्थित एनआरटी भवनमा आयोजित उक्त प्रतियोगिताको उपविजेता बनेका रोहित क्षेत्रीले ५१ हजार रुपियाँ प्राप्त गरेका छन् ।
२३ साउन, काठमाडौं । सविन तामाङले शनिबार प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिपको उपाधि जितेका छन् ।
नेपालकै पुरानो क्लबमध्येको एक काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा भएको प्रतियोगताको फाइनलमा सविनले रोहित क्षेत्रीलाई सजिलै ६–१ सेटमा पराजित गरे ।
बेस्ट अफ इलेभेनको फाइनल सविनले सजिलै ५९–३२, १–७०, ७३–५२, ५९–४१, ७४–२२ र ६८–१३, ६७–१७ ले जिते । सविनले रोहितलाई हराएको यो तेस्रो पटक हो ।
यसैगरी रोहित लगातार दोस्रो पटक फाइनलमा पराजित भएका हुन् । पछिल्लो प्रतियोगता नेपाल मास्टर्स स्नुकर प्रतियोगितामा रोहित फाइनलमा सोम लामासँग पराजित भएका थिए ।
त्रिपुरेश्वरस्थित एनआरटीको आफ्नै भवनमा भएको प्रतियोगता जितेपछ च्याम्पियन सविन ट्रफीसहित एक लाख ११ हजार १११ रुपियाँरुको हकदार बने । उपविजेता रोहित ५१ हजार रुपियाँसहित ट्रफीमा सीमित भए ।
यसैगरी सेमिफाइनल पुगेका वाङचू तामाङ र राजन गुरुङलाई लाई जनही २५००० हजार रुपियाँसहित ट्रफी प्रदान गरियो ।
प्रमुख अतिथि केकेएम एनआरटीका संरक्षक समितिका सदस्य दुर्गा महर्जन, बागमती प्रदेश सभाका सदस्य दिपेन्द्र श्रेष्ठ, एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी, महासचिव सतिसकृष्ण श्रेष्ठ, प्रतियोगिता संयोजक राजेन्द्र शाक्य (माईला) र नेपाल बिलियार्ड स्नुकर र पुल संघका अध्यक्ष सरोज मुल्मीलगायतले विजेताहरुलाई ट्रफी तथा पुरस्कार प्रदान गरे ।
प्रतियोगता साउन १३ गते सुरु भएको हो ।
प्रतिक्रिया 4