News Summary
Generated by OK AI. Editorially reviewed.- दैलेख, हाल भक्तपुरका एक व्यक्तिले अँध्यारो सुरुङभित्र माटो, पहिरो र चट्टानले पुरिएको र उद्धारको प्रतीक्षा गरिरहेको कविता लेखेका छन्।
- कवितामा बस्ती, शहर, कानून, दरबार, सरकार र देश नै बगिसकेको र मानवताको अन्तिम अवशेष पनि समाप्त भएको चित्रण गरिएको छ।
- अन्त्यमा, बाँकी आफू मात्रै रहेको र उद्धार गर्न कोही नभएको पीडा व्यक्त गरिएको छ।
यहाँ अँध्यारो सुरुङभित्र
निसासिएको म मात्र कहाँ छु र?
माटो, पहिरो र चट्टानले
मलाई मात्र पुरेकै कहाँ हो र?
संसारै भासिइसक्यो!
बगिसके बस्ती र शहरहरू,
ढलिसके कानून र दरबारहरू,
मक्किएको सरकारसँगै
सिङ्गो देश नै बगेर गइसक्यो।
विश्व बगिसक्यो।
आकाश नाप्ने तिनका दम्भ बगे,
पाताल खोस्रिने तिनका प्रविधि बगे,
पृथ्वी थकाउने तिनका आडम्बर पनि बगे।
मान्छे मात्र कहाँ हो र?
मानवताको अन्तिम अवशेष पनि बगिसक्यो।
अब कोही बाँकी छैन।
यदि कोही बाँकी हुँदो हो त–
आउँदो हो नि उद्धार गर्न मलाई,
बचाउँदो हो नि मानवताको अन्तिम अवशेष!
छैन!
केही बाँकी छैन।
बाँकी भनेको त म मात्रै रहेछु।
यो अँध्यारो सुरुङभित्र।
दैलेख; (हाल भक्तपुर)
सप्ताहान्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4