+
+
Shares

विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीपछिको राहत र पुनःस्थापनाका लागि अस्ट्रेलियाले थप १५ मिलियन अस्ट्रेलियन डलर सहायता घोषणा गरेको छ।
  • परराष्ट्रमन्त्री शिशिर खनाल र विदेशमन्त्री वोङबीच जलवायु सहकार्य, हिमनदी अनुगमन र पूर्वसूचना प्रणाली आधुनिकीकरणबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
  • मन्त्री खनालले नेपाली विद्यार्थीका लागि भिसा प्रक्रिया सहज बनाउन, छात्रवृत्ति कोटा बढाउन र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापना गर्न आग्रह गरेका छन्।

२४ असोज, काठमाडौं । रसुवा बाढीपछिको अवस्थामा राहत र पुर्नस्थापनाका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता प्राप्त हुने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालको अस्ट्रेलिया भ्रमणका क्रममा विदेशमन्त्री वोङसँग वार्ता भएको थियो ।

वार्ताका क्रममा वोङले नेपालको बाढी विपद्बाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै अस्ट्रेलिया सरकार र जनताको ऐक्यबद्धता प्रकट गरे ।

बाढीपछि अस्ट्रेलियाले खोज तथा उद्धार सामग्री, प्राविधिक विशेषज्ञ र यसअघि घोषणा गरिएको ११ मिलियन अस्ट्रेलियन डलर मानवीय सहायता उपलब्ध गराएको थियो । थप १५ मिलियन अस्ट्रेलियन डलर सहायता घोषणा गरेको छ ।

यो सँगै नेपालको विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको हो ।

भेटमा जलवायु सहकार्य, हिमनदी अनुगमन, पूर्वसूचना प्रणालीको आधुनिकीकरण तथा जलवायु अनुकूलित पूर्वाधार निर्माणमा प्राविधिक साझेदारी विस्तार गर्ने विषयमा समेत छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

भेटवार्तामा मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको विद्यार्थी भिसा प्रक्रिया निष्पक्ष, सहज र अनुमानयोग्य बनाउन आग्रह गरेका छन् ।

साथै, उनले प्राविधिक तथा व्यावसायिक शिक्षा, विश्वविद्यालयबीच संयुक्त अनुसन्धान, संयुक्त डिग्री कार्यक्रम र अस्ट्रेलिया अवार्ड्स छात्रवृत्तिको कोटा वृद्धि गर्न सहकार्यको प्रस्ताव राखेका छन् ।

नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, प्रविधि हस्तान्तरण, दिगो कृषि तथा पर्यटन क्षेत्रमा अस्ट्रेलियाली लगानी भिर्त्याउने र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा पनि छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

अस्ट्रेलियाको औपचारिक भ्रमण सकेर शनिबार मन्त्री खनाल स्वदेश फर्किएका छन् ।

भैमणका क्रममा परराष्ट्रमन्त्री खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?