News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ ।
- वडा ६ लोप्पामा सुक्खा पहिरोले नदी थुनिएपछि आइतबार बिहान ४ बजे ठूलो आवाजसहित भीषण बाढी आएको नारायणप्रसाद सापकोटाले बताए ।
- प्राधिकरणले तटीय क्षेत्रमा रहेकालाई सतर्क रहन आग्रह गर्दै तल्लो क्षेत्र आरुघाटसम्म क्षति पुग्न सक्ने आशंका गरेको छ ।
२५ असोज, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ ।
यो बाढीले तल्लो क्षेत्र आरुघाटसम्म क्षति पुर्याउन सक्ने आशंका गरिएको छ । त्यसैले तटीय क्षेत्रमा रहेकाहरूलाई सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार वडा नम्बर-६ लोप्पा भन्ने ठाउँमा सुक्खा पहिरो खसेर बुढीगण्डकी नदी थुनिपछि भीषण बाढी आएको छ ।
आइतबार बिहान ४ बजेतिर ठूलो आजाव सहित बाढी आएको उनले बताएका छन् । नदी थुनिने र खोलिने क्रम जारी रहेका कारण यस क्षेत्रका मानिसहरू सबै डराएर त्राहि-त्राहि भएको अवस्था रहेको उनले बताए ।
प्रस्तुत छ सापकोटासँग अनलाइनखबरले गरेको टेलिफोन संवादको सम्पादित अंश:
चुम्नुब्री गाउँपालिका वडा नम्बर-६ लोक्पा भन्ने ठाउँमा गएराति सुक्खा पहिरो गएर नदी थुनिएको । बूढगण्डकी नदी थुनिएपछि भीषण बाढी आएको छ । बिहान ४ बजे ठूलो आवाज आएको हुनाले हामी उठ्यौं । अँध्यारोमा उठेर हेर्दा देखिने कुरा रहेन । तथापि सबै यहाँका मान्छेहरूलाई खबर गर्यौं । सुरक्षित स्थानमा हामीले बस्न भन्यौं । अहिले पनि पहिरो झरिरहेको छ । नदी थुनिने खोलिने क्रम जारी छ । सुक्खा पहिरोले करिब १५० मिटर जति माथिसम्म छोपेको छ । तटीय बस्ती जगत लगायतका बगर क्षेत्रका घरहरू बगे भन्ने कुरा आएको छ । मैले भर्खरै त्यहाँ जगतको प्रहरी चौकीमा जानकारी गराइसकेको छु । दुई तीन पटक ठूलो-ठूलो बाढी आइसकेको छ ।
नदीको तल्लो तटीय क्षेत्रका मान्छेहरूलाई हामीले माथि सुरक्षित स्थानमा बस्न भनेका छौं । सुरक्षाकर्मीहरू पनि यतै छन् । मान्छेहरू सबै डराएर त्राहि-त्राहि भएको अवस्था छ ।
जगतको तल्लो बेल्टै बगायो भन्ने खबर आए छ । सल्लेरी पनि बगायो होला अब त्यहाँ तल सूचना आइसक्या छैन । बाढी आइराछ । ठूलो-ठूलो ढुंगा पल्टाइराछ । हामीले यहाँबाट देखिराछौं । अघिसम्म त हामी तल तल हेर्न गाथ्यौं । अब त्यहाँ जाने अवस्था रहेन ।
मानिसहरू सबै जना माथिल्लो क्षेत्रमा बाहिर बसिराछन् । सुरक्षाकर्मीहरू पनि हामी सँगै हुनुहुन्छ । सुरक्षाकर्मीहरू नि अलर्टै हुनुहुन्छ । उहाँहरूले नि तत्कालै गर्न सक्ने सम्भावना के हुन्छ र ? बाढी आइराछ । मान्छे चाहिँ अहिलेसम्म केही नभएको खबर आछ । तल्लो तटीय क्षेत्रलाई अलि बढी सतर्क हुन भन्या छौं । धार्चे गाउँपालिका तल आरुघाट साइड तिर पनि यसले खतरा निम्त्याउन सक्ने सम्भावना छ ।
प्रतिक्रिया 4