+
+
Shares

६ जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता रहन प्राधिकरणको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १०:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बूढीगण्डकीमा भीषण बाढी आएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ६ जिल्लाका नदी तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
  • प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका बासिन्दालाई सतर्क हुन भनेको हो।
  • प्राधिकरणले गोरखाको आरुघाट स्टेशनमा नदीको सतह खतराको तहभन्दा बढी पुगेको उल्लेख गरेको छ।

२५ असोज, काठमाडौं । बूढीगण्डकीमा भीषण बाढी आएका कारण ६ जिल्लाका नदी तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान यस्तो आग्रह गरेको हो ।

प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन अनुरोध गरेको हो ।

प्राधिकरणले गोरखाको आरुघाट स्टेशनमा नदीको सतह खतराको तहभन्दा अधिक बढी भएको पनि उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?