+
+
Shares

भारतमा विद्यार्थी आन्दोलनमाथि दमन भएको भन्दै अखिल क्रान्तिकारीको विरोध

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले भारतमा जारी विद्यार्थी आन्दोलनमा सहभागी विद्यार्थी तथा नेतामाथि भएको दमनप्रति विरोध जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल क्रान्तिकारीले भारतमा जारी विद्यार्थी आन्दोलनमा सहभागी विद्यार्थी र नेतामाथि भएको दमनप्रति विरोध जनाएको छ।
  • अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले आइतबार जारी विज्ञप्तिमा बल प्रयोग र दमन लोकतान्त्रिक मूल्य-मान्यताविपरीत रहेको बताएका छन्।
  • अखिल क्रान्तिकारीले पक्राउ परेकाको अवस्था सार्वजनिक गर्न, कानुनी अधिकार सम्मान गर्न र हिरासतमा रहेकालाई तत्काल रिहा गर्न भारत सरकारसँग माग गरेको छ。

२५ असोज, काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले भारतमा जारी विद्यार्थी आन्दोलनमा सहभागी विद्यार्थी तथा नेतामाथि भएको दमनप्रति विरोध जनाएको छ।

अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी आन्दोलनमाथि गरिएको दमनप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

विद्यार्थीले आफ्ना अधिकार, स्वतन्त्रता र न्यायका पक्षमा उठाएका आवाजलाई बल प्रयोग र दमनमार्फत दबाउने प्रयास लोकतान्त्रिक मूल्य-मान्यता तथा नागरिक स्वतन्त्रताविपरीत रहेको विज्ञप्तिमा उल्लेख छ।

लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने र सरकारी नीति तथा कार्यको आलोचना गर्ने अधिकार नागरिकको मौलिक अधिकार भएको जनाउँदै अखिल क्रान्तिकारीले विद्यार्थी आन्दोलनलाई संवाद र लोकतान्त्रिक प्रक्रियामार्फत सम्बोधन गर्नुपर्ने बताएको छ।

विद्यार्थी तथा प्रदर्शनकारीमाथि गरिएका दमनकारी कार्यले भारतको लोकतान्त्रिक छवि र नागरिक स्वतन्त्रताप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको पनि विज्ञप्तिमा उल्लेख छ।

अखिल क्रान्तिकारीले पक्राउ परेका प्रदर्शनकारीको अवस्था र अवस्थिति सार्वजनिक गर्न, उनीहरूको कानुनी अधिकारको सम्मान गर्न तथा कानुनी आधारबिना हिरासतमा राखिएकाहरूलाई तत्काल रिहा गर्न भारत सरकारसँग माग गरेको छ।

त्यस्तै, विद्यार्थीका माग वार्ता र संवादमार्फत सम्बोधन गर्न तथा शान्तिपूर्ण विरोध प्रदर्शनका लागि अनुकूल वातावरण बनाउन उसले आग्रह गरेको छ।

आन्दोलनका क्रममा घाइते भएका विद्यार्थीलाई तत्काल उचित उपचारको व्यवस्था गर्न पनि अखिल क्रान्तिकारीले माग गरेको छ।

विज्ञप्तिमा लोकतन्त्रको वास्तविक शक्ति असहमतिलाई दबाउनुमा नभई फरक विचारको सम्मान गर्दै संवादमार्फत समाधान खोज्नुमा निहित रहेको उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?