+
+
Shares

के आयो नाना पाटेकरको पोस्टमार्टम रिपोर्ट ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोस्टमार्टम रिपोर्टले बलिउडका वरिष्ठ कलाकार नाना पाटेकरको मृत्यु हृदयाघातका कारण भएको पुष्टि गरेको छ ।
  • रिपोर्टअनुसार कोरोनरी धमनीमध्ये एउटामा रगतको क्लट जमेर मुटुको रक्तनली अवरुद्ध हुँदा उनको मृत्यु भएको हो ।

बलिउडका वरिष्ठ कलाकार नाना पाटेकरको पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । रिपोर्टले मृत्युको कारणबारे जानकारी दिएको छ । उनको निधन अक्टोबर ८ मा भएको थियो । बाम्बोलिमस्थित गोवा मेडिकल कलेजका चिकित्सकहरूको टोलीले अक्टोबर ८ मै अस्पताल प्रशासनलाई यो रिपोर्ट बुझाएको थियो ।

रिपोर्टले के भन्छ ?

रिपोर्टका अनुसार नानाको मृत्यु हृदयाघातका कारण भएको हो । उनको कोरोनरी धमनीमध्ये एउटामा रगतको क्लट जमेर मुटुको रक्तनलीमा अवरोध सिर्जना भएको देखियो । त्यसैका कारण उनको मृत्यु भएको रिपोर्टमा उल्लेख छ ।

प्रहरीको रिपोर्ट अनुसार, मृत्यु हुनुअघि नानाले एक साथीलाई सन्देश पठाएर आफूलाई असह्य पीडा भइरहेको बताएका थिए । पछि ती साथी उनको अवस्था बुझ्न त्यहाँ पुगेका थिए।

एम्बुलेन्समै भएका थिए बेहोस्

उअक्टोबर ८ को बिहान करिब ५:३० बजे नाना पाटेकरलाई डोना पाउलास्थित मणिपाल अस्पतालमा मृत अवस्थामा ल्याइएको जानकारी पानाजी प्रहरी चौकीलाई दिइएको थियो । अनि प्रहरीले घटना दर्ता गरेको थियो ।

त्यसपछि नानाको शव बाम्बोलिमस्थित गोवा मेडिकल कलेज अस्पताल लगियो । साक्षीहरू र उनका भतिजा प्रसाद पाटेकरको उपस्थितिमा शवको जाँच गरियो। आफ्ना पिताको पार्थिव शरीर हेरेपछि, उनका छोरा मल्हारले पोस्टमार्टम जाँचका लागि सहमति दिएका थिए।

तीन वरिष्ठ चिकित्सकहरू सम्मिलित चिकित्सा टोलीले पोस्टमार्टम गरेको हो । यही टोलीले मृत्युको कारण स्पष्ट पार्दै मेडिकल कलेजका अधिकारीहरूलाई रिपोर्ट बुझायो।

प्रहरी अनुसन्धानका क्रममा खुलेको जानकारी अनुसार, नानाले बिहान करिब २:३० बजे पारिवारिक साथी अमे नाइकलाई ह्वाट्सएप सन्देश पठाएर आफूलाई सञ्चो नभएको बताएका थिए । यद्यपि, उक्त सन्देशको कुनै जवाफ आएन ।

त्यसपछि, हेरचाह गर्ने व्यक्तिले नानाको स्वास्थ्यबारे जानकारी दिन नाइकलाई फोन गरे। नाइकले बिहान करिब ३:३० बजे सन्देश देखेको र तुरुन्तै डोना पाउलामा रहेको नानाको घर पुगेको बताइएको छ । त्यहाँ पुग्दा उनले नानालाई पूर्ण रूपमा लुगा लगाएर सोफामा बसिरहेको अवस्थामा फेला पारे ।

यसपछि एम्बुलेन्स बोलाइयो  ।  एम्बुलेन्समा राखिएको केही समयपछि नै नाना बेहोस भएका थिए । उनलाई बिहान करिब ४:३० बजे अस्पताल लगिएको थियो, तर अस्पताल पुग्नासाथ चिकित्सकहरूले उनलाई मृत घोषित गरे ।

परिवारले प्रहरीलाई आफूहरूलाई कुनै शंकास्पद घटना वा गडबडीको आशंका नभएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?