
२ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को युरोप क्षेत्रीय संयोजकमा कृष्ण तिमल्सिनाले उम्मेदवारी दिने घोषण गरेका छन् ।
आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनका लागि युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तिमिल्सिनाले सामाजिक सञ्जालबाट घोषणा गरेका हुन् । अहिले उनी एनआरएनए युरोप क्षेत्रको उपसंयोजक छन् ।
तिमल्सिना नवौं महाधिवेशनमा लोकपि्रय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित भएका थिए ।
सन् २००७ देखि एनआरएनमा आवद्ध भएका बेलायत निवासी तिमल्सिना (२०१५-२०१७) सम्म एनआरएन केन्द्रीय सदस्य थिए । त्यसेवला संघको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने समिति र लगानी प्रबर्धनसम्बन्धी समितिको समेत जिम्मेवारी उनले निर्बाह गरेका थिए ।
गैरआवासीय नेपाली संघ बेलायतको सल्लाहकारको रुपमा रहिसकेका उनी त्यसअघि बेलायत गैरआवासीय नेपाली संघको कार्यसमिति सदस्य तथा उपाध्यक्षको भूमिकामा थिए ।
पुर्ख्यौली घर धादिङ धुवाँकोट भएका तिमल्सिनाको नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।
प्रतिक्रिया 4