+
+

गुल्मीको रिडी-रुद्रावेनी सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १०:१८

११ भदौ, गुल्मी । अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको रिडी-रुद्रावेनी सडक अवरुद्ध भएको छ ।

सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडानम्बर-२ साघुरेमा सडक माथिबाट ढुङ्गा र माटो खसेकाले अवरुद्ध बनेको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले बताए ।

पानी निरन्तर रुपमा परिरहेको पहिरो खस्ने क्रमम रहिरहेकाले सडक खुलाउन समस्या भएको खनालको भनाइ छ ।

पहिरो खसिरहेको स्थानमा बुटवलदेखि रुऽवेणितर्फ जाँदै गरेको ध१च १४६ नम्बरको गाडी अड्किएको छ ।

गाडीलाई स्काभेटर प्रयोग गरेर सुरक्षित स्थानमा निकालिएकोे प्रहरी हवल्दार खनालले बताए । सडक अवरुद्ध भएपछि दुबै तर्फका सवारी साधान तथा यात्रुहरु बीच बाटोमै अलपत्र छन् ।

जिल्लाको रिडी-रुद्रावेनी सडक व्यस्त सडक मानिन्छ । सोही सडक भएर गुल्मी जिल्ला र छिमेकी जिल्ला बाग्लुङसम्म जाने सवारी साधनहरु जाने गर्दछन् । अविरल वर्षासँगै जिल्लाका अधिकांश ग्रामीण भेगका कच्ची सडकहरु बिग्रेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?