+
+
WC Series
पोखरा एभेन्जर्स 2025
43/2 (6.3)
VS
८१ बलमा १२३ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

नेपाललाई रावलको जवाफ–कसैले धकेल्दा धकेलिने रहेछन् भने पछाडि पनि फर्किनु पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १२:२२

१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूलाई नयाँ पार्टी खोल्न दोस्रो तहका नेताहरुले दबाब दिएको तर अन्तिममा साथ छाडेको भन्ने अभिव्यक्तिको एमाले उपाध्यक्ष भीम रावलले सामाजिक सन्जालबाट जवाफ फर्काएका छन् ।

शनिबारको एक कार्यक्रममा नेपालले दोस्रो पुस्ताका नेताहरुले आफूलाई घचेटेर अगाडि बढ् भनेको तर पछाडि फर्किएर हेर्दा कोही नपाएको बताएका थिए ।

माधव नेपाल खेमाबाट अलग भएर एमालेमै रहेका रावलले सामाजिक सन्जालमा लेखेका छन्, ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो ।’

नेता नेपालप्रति लक्षित गर्दै उनले ट्वीटरमा लेखेका छन्, ‘द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न । जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो ।’

अध्यक्ष नेपालले शनिबारको एक कार्यक्रममा आफूलाई आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भनेर दोस्रो तहका नेताहरुले दबाब दिएको र निर्वाचन आयोगमा दुई वटा पार्टी समेत दर्ता गराएको समेत बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?